Latest Updates :

सामसुङ अनि एप्पललाई टक्कर दिने फिचरका साथ नोकिया सी वान...यस्तो छ यस्को महत्वपूर्ण फिचरहरु.... हेर्नुहोस् के साँच्चै प्रतिस्पर्धा राम्रै हुने हो त ????

SHARE THIS POST :

काठमाडौं, ४ माघ । नोकियाको बहुप्रतिक्षित स्मार्टफोन सि वानको नयाँ तस्बिर फेरि एक पटक इन्टरनेटमा सार्वजनिक भएको छ । हालै यस फोनको रेन्डर इमेज इन्टरनेटमा सार्वजनिक गरिएको थियो ।

नयाँ तस्बिमा नोकिया सि वान को स्क्रिन एन्ड्रोयडमा चलिरहेको जेड लन्चर देख्न सकिन्छ । यो फोनमा ग्रे र सेतो रंक मिश्रण गरेको देखिन्छ । समाचार अनुसार यो स्मार्टफोन दुई साइज बजारमा आउनेछ । समाचार अनुसार दुबै डिभाइसमा क्यामेरा अलग्गै हुनेछ ।
समाचार अनुसार एउटा फोनमा ५ इन्चको डिस्प्ले हुनेछ । जसको रिजोल्युसन १०८०×१९२० पिक्सल हुनेछ । अर्को फोनमा ५.५ इन्चको डिस्प्ले हुनेछ । ५ इन्च डिस्प्ले भएको नोकिया सी१ फोनमा २ जीबी र्‍याम र ३२ जीबीको की इनबिल्ट स्टोरेजको साथमा आउनेछ ।

यसमा ८ मेगापिक्सेलको प्राइमरी क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जोडिएको हुनेछ । ठूलो आकारको फोन ३ जीबी र्‍याम र ६४ जीबीको इनबिल्ट स्टोरेज राखिएको हुनेछ ।

यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुनेछ ।

पुरानो रिपोर्टमा यो मोबाइलको दुई वेरिएन्ट लन्च गरिएपछि यसमा दुई अलग-अलग अपरेटिङ्ग सिस्टम लगाइएको अनुमान गरिएको थियो ।

सार्वजनिक गरिएको एक रेन्डर इमेजमा अग्रभाग तर्फ देखिएको थियो । जसमा अग्रभाग देखाइएको मोबाइलमा एन्ड्रोइड लगाइएको देखिएको थियो भने पछाडिको भाग देखाइएको सेट विन्डोज १० मोबाइल रहेको खुलेको थियो ।  अन्नपूर्णपोष्टले छापेको छ ।

यी फोनका तस्बिर सार्वजनिक गर्ने एक वेबसाइटले भने यी दुबै फोनमा ओएस अपरेटिङ सिस्टम हुने दाबी गरेको छ ।


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger