Latest Updates :

यी हुन् उत्तर कोरियाका शासक किम जोङ उनकी रहस्यमयी श्रीमती (फोटो फिचर सहित )....हेर्नको लागि तल क्लिक गर्नुहोस..........

SHARE THIS POST :

एजेन्सी । उत्तर कोरियाली स्रोतहरुकाअनुसार किम जोङ उनको परिवारिक अवस्थाबारे निकै रहस्यात्मक तथ्यहरु छन्, जो बाहिर आएका छैनन् । सञ्चार माध्यमहरुकाअनुसार शासक उनले सन् २००९ मा उत्तर कोरियाकी एक पप गायिकासँग विवाह गरेका थिए । निकै सुन्दरी पप गायिका रि सोल जु र किम जोङ उनबीच सन् २००९ मा एक समारोहकाबीच विवाह भएको थियो । सञ्चार माध्यमहरुलेसमेत उनको विवाहको वास्तविक तथ्य पत्ता लगाउन सकेका छैनन् ।

उनको वास्तविक उमेर बारे समेत उत्तर कोरियाभन्दा बाहिरको जगतलाई थाहा हुन सकेको छैन । उनी युवा पुस्तासँग उत्साहपूर्वक रमाइलो गर्ने गर्छन् । त्यस्तो अवस्थामा उनीसँग उनकी श्रीमती पनि साथमा रहने बताइएको छ । श्रीमती जुको उमेर भने भर्खरै २२ वर्ष मात्रै पुगेको दक्षिण कोरियाली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । किम जोङ कन्सर्टमा उनीसँगै छोटो कपाल र हसिलो अनुहारकी महिला देखिने गरेको भनेर दक्षिण कोरियाका सञ्चार माध्यमहरुले दाबी गर्ने गरेका छन् ।

प्योङयाङको एक समाचार एजेन्सीकाअनुसार श्रीमती जुले गाएको गितको भिडियो फूटेज आजभन्दा केही वर्षअघि सार्वजनिक भएको थियो । जुले ६ महिनासम्म उत्तर कोरियाको प्रथम महिला भएपछि सैन्य तालिम लिएको जनाइएको छ । यस्तो तालिम किम इल सुन विश्व विद्यालयमा दिइने गरिएको छ । किम आफ्नी पत्नी जुको प्रस्तुतिबाट किम निकै प्रभावित भएकोसमेत सञ्चार माध्यमहरुले जनाएका छन् स्रोतहरुकाअनुसार किम पत्नी जुको बुबा, किम इल सुन विश्व विद्यालयका प्रोफेसर हुन् भने उनकी आमा डक्टर रहेको बताइएको छ । जुले १७ वर्षको उमेरमा दक्षिण कोरिया भ्रमण गरेको जनाइएको छ । सन् २००५ मा कोरियाको इम्चोनमा सम्पन्न एसियन एथ्लेटिक्स प्रतियोगितमा उनी सहभागी भएकी थिइन् ।




SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger