Latest Updates :

चीनमा ८७० जना जिउँदा गौतम बुद्ध....कसरी भन्नुहोला यी यसरी....हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

भगवान गौतम बुद्धको मृत्यु आजभन्दा करीब २५ सय वर्ष पहिले नै भएको हो । तर चीनमा भने अझै ८ सय ७० जना आधिकारिक जिवित बुद्ध छन् । नक्कली बुद्धहरुले आफु पनि जिवित बुद्ध हुँ भन्दै मानिसहरुबाट पैसा असुल्न थालेपछि चीन सरकारले देशमा रहेका आधिकारिक जिवित बुद्धहरुको सूचि नै सार्वजनिक गरेको हो ।
सिन्ह्वाका अनुसार धार्मिक मामिला राज्य प्रशासनले आफ्नो वेबसाइटमै जिवित बुद्धहरुको नाम, तस्वीर तथा उनीहरुको ठाउँ सार्वजनिक गरेको छ ।
उक्त सूचिमा आफ्नो नामपनि देखेपछि ड्रुखांग थुप्तेन खेद्रुपले आफु जिवित बुद्धको रुपमा निकै खुसी महसुस गरिरहेको बताएका छन् ।
चीन सरकारले नक्कली बुद्धहरुले मानिसहरुलाई ठगी गर्न नपाउन् भन्नका लागि आधिकारिक जिवित बुद्धहरुको सूचि नै सार्वजनिक गरेको भएपनि सरकारको त्यो कदमलाई तिब्बतमाथि धार्मिक नियन्त्रण गर्ने अर्को प्रयासको रुपमा समेत आलोचना गरिएको छ ।
दलाई लामापछिको तिब्बतको धार्मिक गतिविधिमा चीन सरकारको नियन्त्रण कायम राख्ने एउटा प्रयासको रुपमा जिवित बुद्धको सूचि प्रकाशनको काम रहेको एम्नेष्टी इन्टरनेसनलका अधिकारीले बताएका छन् ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger