लगातार ६ महिनासम्म निदाएका थिए कूम्भकर्ण, थाहा पाउनुहोस् उनीबारे ६ रोचक तथ्य................
कुनै दिन अलि लामो समय सुत्दा कसैले, ‘कस्तो कूम्भकर्ण रहेछ’ भनेको याद छ होला ! तर तपाईंलाई थाहा छ, कूम्भकर्ण को हुन् भन्ने कुरा ?
कूम्भकर्ण रामायणका एक पात्र हुन् । उनले ब्रह्माजीसँग ६ महिना लामो निद्राको बरदान मागेका थिए । यस बरदानलाई ब्रह्माजीले सहर्ष स्वीकारे पनि । सोही दिनबाट कूम्भकर्ण ६ महिना लामो निद्रामा लिन भए । कूम्भकर्णबारे यो कथन त प्रायलाई थाहा छ । तर कूम्भकर्णबारे अन्य कैयन यस्ता कथनहरु छन्, जुन तपाईंलाई थाहा नहुन सक्छ । आज हामी तपाईंलाई कूम्भकर्णबारे ६ रोचक तथ्य जानकारी दिँदैछौँ ।
१. भनिन्छ, रावण आफ्नो समयमा सर्वाधिक विद्वान व्यक्ति थियो । उसको खानदानमा एक सय एक विद्वानहरु थिए, जसको क्षमता तत्कालीन विश्वमा अतुलनीय थियो । त्यसमध्ये कूम्भकर्ण यस्तो पात्र थिए, जसको कहानी साँच्चै अचम्मित पार्ने खालको छ ।
२. कूम्भकर्ण ६ महिना निदाएका थिए । तर, एक विद्वान यति लामो निद्रामा किन गए, यो विषयमा कैयन रिसर्चहरु भएका छन् ।
३. इतिहासविद् तथा अनुसन्धानकर्ताहरुका अनुसार कूम्भकर्ण एक वैज्ञानिक थिए, जसलाई अत्याधुनिक र अकल्पनीय अनुसन्धानहरुका लागि गोप्य स्थानको जरुरी पर्दथ्यो । उनको त्यो गोप्य स्थान किष्किंधाको दक्षिणी क्षेत्रमा अवस्थित एक गुफामा थियो । त्यतिबेलै कूम्भकर्णले एउटा प्रयोगशाला पनि स्थापना गरेका थिए । उनले यसै गुफामा आफ्ना सहयोगीहरुको सहायतामा विभिन्न किसिमका गम्भीर प्रयोगहरु गर्थे ।
४. तर, केहीले भने कूम्भकर्णको यो प्रयोगशाला ल्याटिन अमेरिकामा भएको दावी गरेका छन् । त्यहाँबाट लंका (आधुनिक श्रीलंका) फर्किन कूम्भकर्ण आफैँले बनाएको अत्याधुनिक विमानको प्रयोग गर्थे ।
५. उनीबारे अनुसन्धान गर्नेहरुको दावी छ कि रावणले स्वचालित हतियार र दिव्यस्त्रसहित कैयन विमान कूम्भकर्णकै सहायतामा हासिल गरेका थिए । रावणले प्रयोग गर्ने जुन पुष्पक विमानबारे रामायणमा उल्लेख छ, त्यो कूम्भकर्णले नै बनाएका थिए । त्यतिबेलाका ति विमानहरुबारे आजका वैज्ञानिकहरु पनि अचम्मित हुन्छन् । यसबाट पनि प्रष्ट हुन्छ, कूम्भकर्ण आफ्नो जमानाको महान वैज्ञानिक थिए ।
६. बाल्मिकीले आफ्नो ग्रन्थमा केही यस्ता दिव्यस्त्रहरुबारे उल्लेख गरेका छन्, जसको क्षमता निकै बढी थियो । अनुसन्धानकर्ताहरु दावी गर्छन्, ति दिव्यस्त्रहरु कूम्भकर्णको महान बुद्धिको परिचायक थियो ।
- See more at: http://www.sajhapost.com/2016/01/26/30037.html#sthash.TJeWzlRc.pRxpuZuc.dpuf
लेबल:
Amazing


