Latest Updates :

यी देशहरुमा जाने नेपाली कामदारहरुले अब किड्नी पनि जचाउनुपर्ने.... भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस....

SHARE THIS POST :

४ माघ, काठमाण्डौ । बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारले अब अनिवार्यरुपमा मृगौलाको पनि परिक्षण गर्नुपर्ने भएको छ ।
कतार पुगेपछि त्यहाँको स्वास्थ्य काउसिन्लले गर्ने पहिलो मेडिकल चेकमा अब किड्नी परिक्षण पनि गरिने छ । अहिलेसम्म कतारी सरकारले बिदेशी कामदारहरुको एचआईभी, क्षयरोग, हेपाटाइटिस बी र सीको परिक्षण गर्दै आएकोमा अब मृगौला पनि परिक्षण हुने छ ।
कतार मेडिकल काउन्सिलका निर्देशक इब्राहिम अलसारले भने- धेरै बिदेशी कामदारको कतार आउँदा नै मृगौला फेल भएको पाइएकाले त्यसमा कडाई गर्न नयाँ नियम ल्याएका हौं ।’
उनका अनुसार मृगौला फेल भएको पाइएमा त्यस्ता कामदारलाई स्वदेश फिर्ता पठाइने दोहा न्यूजले जनाएको छ ।
नेपाली कामदारले नेपालमै स्वास्थ्य परिक्षण गरेर जानुपर्ने नियम छ । उनीहरु कतार पुगेपछि पनि त्यहाँको सरकारले पुनः स्वास्थ्य परिक्षण गर्छ । त्यस्तो परिक्षणमा फेल हुने कामदारलाई स्वदेश फिर्ता पठाउने गरिएको छ ।
नेपालमा भरपर्दो स्वास्थ्य परिक्षण नगरिएका कारण बाषिर्क सयौं नेपाली कामदार यसरी बिदेशी भूमीबाट मेडिकल अनफिट भएर फर्किने गरेका छन् ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger