Latest Updates :

साउदी अबरमा बमबर्षा गर्ने रुसको धम्की.............

SHARE THIS POST :

मस्को–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ध्यपूर्वमा आतंकवादी संगठनलाई दिएको सहयोग बन्द नगरे साउदी अबरमाथि बमवर्षा गर्ने चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले मध्यपूर्वमा आतंकवादीलाई साउदी अबरले सहयोग गरिरहेको आरोप लगाउँदै त्यो सहयोग तत्काल बन्द नगरे उसलाई बमबारी गरेर कुपोषणको युगमा पुर्याईदिने धम्की दिएको रुसी दैनिक समाचारपत्र 'नोवाया गजेटा'लाई उद्धृग गर्दै संचारमाध्यमले उल्लेख गरेका छन्। सो पत्रिका अनुसार साउदी समर्थित इस्लामिक स्टेट अन्तर्राष्ट्रिय सुरक्षाका लागि निकै ठूलो चुनौती बनेको छ। राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय समुदाय हानिकार र संदिग्ध अमेरिकी–साउदी गठबन्धनलाई लिएर कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्। यसअघि राष्ट्रपति पुटिनले रुस सिरियामा साउदी अबरको कुनै पनि दबाब सहन नसक्ने बताएका थिए।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger