Latest Updates :

चर्चितको चर्तिकला : झापावासीलाई लुटनु लुटे, पालो इटहरीको : प्रसाशन किन बेखबर ?

SHARE THIS POST :

इटहरी ४ माघ । प्रसारन नै बन्द भएको मिडियाको नाम बेच्दै सोजा साजा स्थानीयहरुलाई ठग्न खप्पीस झापाका सञ्चार उद्यमी भनिने चर्चित ढुङ्गेलको र्चचा झापा हुदै इटहरी आइपुगेको छ । एफएममा जागिर लाइदिने भन्दै झापाबाट दर्जन बढीलाई ठगेर लाखौ रकम कुम्ल्याई फरार रहेका चर्चित हाल पूवृको केन्द्र इटहरीमा आई पुरानै शैलीमा रकम उठाउन ब्यस्त देखिएका छन ।
झापाको चारआलीमा ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेलले बिगत लामो समयदेखी घरको भाडा तिर्न नसकेपछि घर धनीले घरमै ताला लगाईदिएका छन भने सञ्चालन हुदै गरेको एफएम समेत बन्द रहेको छ । झापामा रहदा त्यहाका स्थानीयदेखी ब्यापारी र ब्यवसायीलाई आफनो मिठो बोलीको जालमा फसाई दर्जन बढीबाट लाखौ असुलेका चर्चित ढुङ्गेल ७२ जेष्त महिनादेखी झापाबाट बेपत्ता भएका थिए ।
यतिबेला उनको खोजी झापामा मात्र नभई पूर्वको बिभिन्न जिल्लाहरुमा जारी छ तर उनि इटहरीमा आएर पुरानै धन्दा सुरु गरेको केहीलाई मात्र जानकारी छ । उनले इटहरीमा हाल लाइभ रेडियो नेटर्वक प्रालीनै दर्ता गरी नाम चलेको एफएममा जागिर लगाइदिने भन्दै पुरानै शैलीमा रकम उठाउन ब्यस्त रहेको फेला परेको छ ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger