Latest Updates :

यसरी पनि गर्न सकिन्छ लोभलाग्दो कमाई...........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :


गाईवस्तुलाई सोत्तरको रूपमा प्रयोग गरिँंदै आएको लोक्ता (अर्घेली) बाट यहाँका सर्वसाधरणले अहिले लोभलाग्दो कमाई गरिरहेका छन् ।
जिल्लाकै विभिन्न स्थानमा नेपाली कागज (हाते कागज) बनाउने उद्योग खुलेपछि किसानको घरबारीमा रहेका लोक्ताले राम्रो भाउ पाएपछि किसानको आम्दानी समेत बढेको छ । विगतमा लोक्तालाई सोत्तरका रूपमा प्रयोग गर्दै आएका किसानले अहिले यसको व्यावसायिक खेतीबाट लोभलाग्दो कमाई गरिरहेका छन् ।

अहिले आफ्नै गाविसमा स्थानीयवासीलेनै लोक्ताबाट नेपाली कागज बनाउन थालेपछि स्थानीयवासीले लोक्ताको व्यावसायिक खेतीनै थालेको माइमझुवाका उदय गुरूङले बताउनुभयो ।
‘गाउ“घरमै उद्योग खुलेपछि यहा“ लोक्ताको व्यावसायिक खेतीसँगै किसानको आम्दानी समेत बढेको छ’ गुरूङले भन्नुभयो ।
नेपाली हातेकागज उद्योगले किसानले उत्पादन गरेको लोक्ताको बोक्रा प्रतिकिलो रु एक सयदेखि रु १५० प्रतिकिलोसम्म किनबेच भइरहेको छ । लेकाली क्षेत्रमा हुने लोक्ता किसानले व्यापारीमार्फत पनि बिक्री गर्छन् ।
माइमझुवामा लोक्ताबाट नेपाली कागज उत्पादन गर्ने उद्योग चलाउ“दै आउनु भएका ओम गुरूङले यस क्षेत्रका एकजना किसानले वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म लोक्ताबाट आम्दानी गर्दै आएको बताउनुहुन्छ ।
माइपोखरी–२ पुवाखोला बजार क्षेत्रमा समेत हातेकागजको उद्योग स्थापना भएको छ ।
मावु, माइमझुवा, जमुना, पा“चथरको रानीटार, सिदिनलगायतका क्षेत्रका बासिन्दा लोक्ताको व्यावसायिक खेतीमा लागेका छन् । लोक्ताको माग बढी भएपछि जिल्लाका कतिपय उत्तरी सीमावर्ती क्षेत्रका वनमा प्राकृतिक रूपमा पाइने लोक्ता चोरी निकासी समेत हुन थालेको स्थानीयवासी बताउ“छन् ।
नेपाली कागज तमसुक लेख्न, अंशबण्डा, जग्गापास आदिका साथै अड्डा, अदालतको महत्वपूर्ण कागजात तयार गर्न प्रयोग गरिन्छ । रासस

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger