Latest Updates :

कडा रूपमा देखिँदैछ सामान्य रुघाखोकी..तर टेन्सन नलिनुहोस...यस्तो तुरुन्तै निको हुने उपाय..........

SHARE THIS POST :

रुघाखोकी (सिजनल फ्लु) को संक्रमण कडा रूपमा देखिएको छ । सामान्यत: मुलुकमा जाडो बितेर गर्मी लाग्न लाग्दा र वर्षायाम गरी दुई पटक मौसमी रुघाखोकी बढी देखिने गर्छ । सरुवा रोग तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार अधिकतम तापक्रम २५/२६ डिग्री र न्यूनतम ७/८ डिग्री पुग्दा मौसमी रुघाखोकी अझ बढी देखिने गर्छ । टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा निरन्तर जारी रहने खोकी, जिउँ दुख्ने, खोक्दा छाती दुख्ने, कहिलेकाहीं सास फेर्नसमेत असजिलो हुने
जस्ता समस्या लिएर आउने बिरामीको संख्या बढदो छ । योसँगै अस्पतालमा स्वाइन फ्लुका बिरामीसमेत आइरहेका छन् । अस्पतालका डा. शेरबहादुर पुनले यस्तो लक्षण एक सातादेखि १० दिनसम्म देखिने गरेको
बताए । छाती रोग विशेषज्ञ डा.रामनारायणसाहले सामान्य रुघाखोकीका केही
बिरामी धेरै नै गम्भीर भएर आउने गरेको
बताए । डा.साहका अनुसार सामान्य
रुघाखोकीका बिरामीमा कफ, ज्वरो,
नाकबाट पानी बग्ने, खोकी लाग्ने,
आवाज परिवर्तन हुनेजस्ता समस्या देखिने
गरेको छ । तर, छातीमा कुनै समस्या भने
देखिने गरेको छैन ।
चिकित्सकहरूले यसलाई माथिल्लो
श्वास नलीको संक्रमण ठानेर उपचार
गरिरहेको औंल्याउँदै डा. साह भन्छन्, ‘तर
योचाहिँ फ्लु (रुघाखोकी) नै हो,
छाती र घाँटीमा धेरै संक्रमण नदेखिने
प्रकारको धेरै कडा रूपको सामान्य
रुघाखोकी हो ।’
यस्ता केही बिरामीको रगत
परीक्षणमा ‘टोटल काउन्ट’ र ‘प्लेटेलेट्स’
एकदम कम देखिने गरिएको साहले बताए ।
‘यस्ता बिरामीलाई टाइफाइड भएको
ठानेर पनि उपचार हुने गरेको छ, तर यो
भाइरल संक्रमणअन्तर्गतको सामान्य
रुघाखोकी हो, यसले विकराल रूप पनि
लिन सक्छ ।’
टेकु अस्पतालका डा. पुनले स्वस्थ तथा कुनै
रोग नभएकाहरूमा पनि सामान्य
रुघाखोकी कडा रूपमा देखिने गरेको
बताए । उनी भन्छन्, ‘पहिले स्वाइन
फ्लुभन्दा मात्र तर्सिने स्थिति थियो,
अहिले मौसमी रुघाखोकीसमेत सामान्य
जस्तो छैन ।’
सामान्य रुघाखोकीको संक्रमणको २–३
दिनपछि लक्षण देखिने र २ दिनदेखि २
सातासम्म रहन सक्ने अमेरिकाको सेन्टर
फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन
(सीडीसी)को तथ्य पत्रमा उल्लेख छ ।
अधिकांश व्यक्तिमा ७ देखि १० दिनमा
संक्रमण निको हुन्छ ।
रुघाले बढी सताउने, जोखिम समूहका
व्यक्तिले रुघाखोकीको मौसम सुरु
हुनुभन्दा अघि इन्फ्लुएन्जा भ्याक्सिनसमेत
लिन सक्ने उल्लेख गर्दै डा.पुनले भने,
‘सरकारले फ्लु भ्याक्सिन कार्यक्रमलाई
समेत अगाडि बढाउनुपर्छ ।’
एलर्जी, मधुमेह, छाती, श्वासको समस्या,
अंग प्रत्यारोपण लगायतका शरीरमा
रोग प्रतिरोधक क्षमता कम भएकाहरूले
रुघाको मौसममा भ्याक्सिन लगाए
केही राहत पाउन सकिने डा.
मरासिनीले बताए ।
विज्ञहरूले कडा रूपमा देखिएको
रुघाखोकीलाई एलर्जी मात्र सम्झेर
नबस्न र विज्ञको सल्लाह लिएर प्रशस्त
झोल पदार्थ सेवन गर्ने सुझाव पनि
दिएका छन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger