Latest Updates :

गरीब बच्चालाई महंगो रेष्टुरेन्टमा लगेर खाना ख्वाउने मनकारी व्यक्ति... जब यस्तो बिल आए पछि धरधरी रोए...आखिर किन रोए त ती व्यक्ति थाहा पाउँनुहोस.........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

केरला (भारत), आधुनिकीकरणले मानिस विस्तारै मेसिनीकरण भइरहेको सन्दर्भमा भारतको केरलास्थित एक रेष्टुरेन्टमा भएको ‘मानवताको कहानी’ अहिले सामाजिक सञ्जालहरुमा अत्यधिक भाइरल बनिरहेको छ ।
राइट थिंकर्स नामको गु्रपले मलयालम भाषामा लेखेको यो घटना फेसबुकमा शेयर गरेका छन् । यो घटनामा एकजना पात्र छन, जसले रेष्टुरेन्टमा खाजा खान जाँदा आफूलाई चिहाइरहेका दुई गरिब बच्चाहरु देखे । उनले बच्चालाई बोलाएर पेटभरी खुवाए र आफूले पनि खाए । जब होटेलवालाले दिएको बिल हेरे, उनको आँसु नै थामिएन ।

यस्तो छ पूरै कहानी
केरलको मलपुरममा एकदिन एकजना मानिस दिनभरीको काम सकेपछि साँझ रेष्टुरेन्टमा खाना खान गए । जब उसको टेबलमा खाना आइपुग्यो तब उसले बाहिर उसको प्लेट हेरिरहेका दुई भोका गरिब बच्चाहरु देख्यो । उसले ईशारा गरेर बच्चालाई बोलायो । आफ्नी सानी बहिनीको साथ बालक आयो । उसले ‘के खान्छौ’ भनेर सोध्छ । बच्चाहरु खाना खाने ईशारा गर्छन् ।
जब बच्चाहरु खाना खान थाल्छन्, उसले आफ्नो खानामा हात पनि लगाएन् । बच्चाहरुले अत्यधिक खान्छन् किनकी उनीहरुले कयौं दिनसम्म खान पाएका थिएनन् । खाना खानेक्रममा ती बच्चाहरुले आँखा उठाएर अन्त हेर्दैनन् न केही कुरा गर्छन् । खाना खाएपछि उठे र एकनजर खाना खुवाउने मानिसलाई हेरेर जान्छन् ।
बच्चा गएपछि ती मानिसले आफ्नो खाना खान्छ र बिल मगाउँछन् । जब हात धोएर बिल तिर्न टेबलमा आउँछन्, उनी बिल हेर्दै रुन थाल्छन् । रेष्टुरेन्टले उसको खानाको कुनै मूल्य लिएनन् र बिलमा मूल्य लेख्ने ठाउँमा केवल लेखिएको थियो, ‘हामीसँग यस्तो मेसिन छैन जसले मानवताको मूल्य तोक्न सकोस् । तपाईंको भलो होस् ।’

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger