Latest Updates :

ज्योतिको ‘भाँडो’ले मच्चायो तहल्का.......भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

 काठमाण्डौ। गायिका ज्योति मगर भनेर केहि बर्षसम्म कमैले मात्र चिन्थे । उनलाई जिम्बल बाऊकी छोरी बोलको गीतकी गायिका भनेपछि चाहिँ धेरैले चिन्थे पनि । तर उनले केहि बर्ष अगाडीसम्म त्यस्तो चर्चामा आइनन तर अहिले ज्योतिलाई नचिन्ने कमै होलान र ज्योतिको कुरा नगर्ने कमै मात्र होलान् ।

उनी यसरी चम्किन्छिन् भन्ने कुरा सायद ज्योतिलाई पनि थाहा थिएन होला तर पछिल्लो पटक जसरी उनले आफ्नो अंग प्रदर्शनबाट चर्चा कमाइन् आजकाल उनी अन्य गायक गायिकाहरुको तुलनामा निकै व्यस्त हुन थालेकी छिन् । तिजमा आएको ढाडे बिरालो बोलको म्युजिक भिडियोमा जब ज्योतिले अभिनय गरिन तब झन् उनको चर्चाले शिखर नै चुम्यो ।

उनले उक्त भिडियोमा निकै छोटो लुगामा अभिनय गरेकी छिन्, जसका कारण उनले धेरै आलोचना पनि खेप्नु पर्‍यो । स्टेज तताउन देखी आफ्ना गीतले दर्शक मख्याउन माहिर भइसकेकी ज्योतिले केहि बर्ष अगाडी अभिनय गरेको एक छोटो चलचित्र ‘भाँडो’ले यति बेला किर्तिमानी राखेको छ ।

यो समाचार बनाउँदासम्म यो चलचित्र हेर्नेको संख्या ३७ लाख ५० हजार ६ सय ८८ पुगिसकेका छ । यो ज्योतिले अभिनय गरेका अन्य भिडियोभन्दा कैयौं गुण बढि हो । यो भिडियो उनका नामका कारण पनि चलेको हो । उनले भिडियो भित्र त्यस्तो अश्लिल लाग्दो दृश्य दिएकी छ्रैनन् तर एक दृश्यमा भने उनी नुहाइरहेको देख्न सकिन्छ ।

यौन मनोविज्ञानमा आधारित वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको “भाँडो” कथामा बनेको यो चलचित्र २०१० मा निर्माण भएको थियो । उक्त चलचित्र दिपा बस्नेतद्वारा ५ बर्ष अगाडि निर्देशन गरिएको हो । चलचित्र भाँडोमा ज्योतीका अलावा नबराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल, शुशीला जोशीको अभिनय रहेको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger