Latest Updates :

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय......हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ ।
यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ ।
वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ । अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ ।यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो । यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।
अनि यो बिधि अपनाएको अवधि भर प्रसस्त पानी पिउन बिर्सिनु हुँदैन । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।

सुपका लागि चाहिने सरदामहरु :
– एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ
– आधा किलो छोडाएको हरियो मटरकोसा
– २ वटा हरियो खुर्सानी, काटेको
– ६ वटा हरियो प्याज, मसिनो काटेको
– आधा किलो गाजर, मसि काटेको
– एक पाउ टमाटर, गोलो पारेर काटेको
– थोरै नुन
– थोरै मात्र मसला

सुप तयार पार्ने बिधि :
सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् । यसमा थोरै मसला मिसाउनुहोस् । यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र यसलाई चुलोमा दश मिनेट सम्म मधुरो आगोमा उमाल्नुहोस् । तरकारी मज्जाले नपाके सम्म उमाल्नुपर्छ ।
अब कसरि सात दिनमा तपाइको शरीर घटाउने त ? यस्ता छन् उपाए.....

पहिलो दिन :
सुप र फलफुल मात्र खानुहोस् । पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ । केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ ।

दोस्रो दिन :
अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस् । सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् । राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने खान हुँदैन ।

तेस्रो दिन :
बिभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ । तर राती आलु खान हुँदैन । तपाईले यो सात दिने तौल नियन्त्रण बिधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने तपाईको शरीरको तौल ४-५ किलो घटेको हुनुपर्छ ।

चौथो दिन :
चौथो दिनमा केरा र दुध खाने दिन हो । यी दुबै केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ । तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ जसले शरीरको प्रक्रियामा गडबड हुनदिदैन । सुपका साथै तीन वटा केरा तथा चाहे जति दुध पिउनुहोस् ।

पाँचौ दिन :
६-७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ । पानी कम्तीमा पनि ६-८ ग्लास पिउनुहोस् । यसले युरिक एसीडलाई सफा पार्छ । सुप कमसेकम दिनको एक पटक पिउनुपर्छ ।

छैठौं दिन :
तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ । तर तारेको आलु भने खान हुँदैन । बंदाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन ।

सातौं दिन :
हरियो सागसब्जी तथा खैरो चामलको भात । फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ । अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्छ ।
डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७९९ किलो घटेको हुनुपर्छ ।

यदि तपाईको तौल ७ किलो भन्दा बढी घटेको छ भने यस्तो अवस्थामा तपाईले २ दिन पछि डायट प्रोग्राम पुन सुरुवात गर्न सक्नुहुन्छ ।
व्यक्ति पिच्छे पाचन प्रक्रिया फरक हुने भएकोले यो डायट प्रोग्राम कसैका लागि अनुपयुक्त पनि हुन सक्छ ।
यो बिधि तपाईले उपयुक्त तरिकाले अपनाएका खण्डमा, बंदाको सुपले तपाईको पाचन प्रक्रियामा भएको समस्यामा एकरुपता ल्याएर तपाईको शरीरमा फुर्ती प्रदान गर्नुका साथै शरीरमा जम्मा भएको बोसोलाई पगाल्न ठूलो भूमिका खेल्छ । अनि तपाईले आफुलाई पहिला भन्दा हलुंगो, अझै फुर्तिलो र स्वस्थकर महसुस गर्नुहुनेछ । यो बिधिको विशेषता भनेकै तपाईले चाहेको अवधिमा प्रयोगमा ल्याउन सक्नुहुन्छ ।
तसर्थ मानसिक तथा शारीरिक रुपमा स्वस्थ महसुन नगरे सम्म यो प्रक्रिया अपनाउनुहोस् र जीवन सुखमय बनाउनुहोस् ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger