Latest Updates :

गुगलमा काम गर्छन् २ सय बाख्रा, तलब पनि पाउँछन्..... भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...

SHARE THIS POST :


वासिंगटन । सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलमा बाख्रा पनि छन् । कम्पनीमा करिब २ सय बाख्राहरु कर्मचारीको रुपमा काम गर्दछन् । यी बाख्राहरुले सफ्टवेयरको काम त गर्दैनन् तर अफिसको वरिपरिको घाँसे चौरमा चर्दछन् ।

अमेरिकास्थित गुगलको माउन्टेन भ्यू मुख्यालयमा यी बाख्राहरुलाई तलबको साथमा अन्य सुविधाहरु पनि दिइनछ । हप्तामा एकपटक यी बाख्राहरु गुगलको कार्यालय आसपास बढेका घाँसमा चर्छन् । घाँस खाँदा बाख्रा पनि अघाउँछन् ।

गुगल स्वयम्ले पनि आफ्नो ब्लगमा बाख्रालाई काम दिएको कुरा उल्लेख गरेको छ । किनकी गुगलले आफ्नो कार्यालय हाताभित्र चौरमा बढ्ने घाँस काट्न मेसिनको प्रयोग गर्दैन । यसबाट निस्कने धुँवा र आवाजका कारण ध्यानपूर्वक काम गरिरहेका कर्मचारीलाई अवरोध हुने गुगलले जनाएको छ ।

झण्डै २ सय बाख्राहरु नियमितरुपमा गुगलको कार्यालय हाताभित्रको चौरमा छाडिन्छ । यिनले केही समयमै लामो भएको घाँस खान्छन् । अझ अचम्म लाग्ने कुराचाहिँ के छ भने बाख्रालाई तोकिएको स्थानमा घाँस खुवाउन विशेष तालिम नै प्रदान गरिएको हुन्छ ।

याहूले सुरु गरेको बाख्रालाई अफिस हातामा घाँस सफा गर्न प्रयोग गर्ने अभियन २००७ बाट सुरु गरेको थियो, त्यसपछि गुगलले पनि यही तरिका पछ्याएको हो ।

 भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger