Latest Updates :

​दुई कोरियाबीचको तनाव उत्कर्षमा......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

माघ २८, एजेन्सी ।
उत्तर कोरियाको लगातारको आणविक शक्ति परीक्षणपछि दुई कोरियाबीचको तनाब उत्कर्षमा पुगेको छ ।
पछिल्लो समय उत्तर कोरियाले रकेट लञ्च गरेसँगै दुइ मूलुकबीचको सम्बन्ध थप तिक्ततापूर्ण बनेको छ । उत्तर कोरियाले दक्षिण कोरियासँग सञ्चार सम्पर्क विच्छेद गरेको छ । दक्षिण कोरीयाले संयुक्त रुपमा सञ्चालित औद्योगिक क्षेत्र सञ्चालन स्थगित गरेलगत्तै उत्तर कोरीयाले दक्षिण कोरीयासँग सम्पर्क विच्छेद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
औद्योगिक भवन सञ्चालन स्थगन गर्ने दक्षिण कोरीयाको निर्णयलाई उत्तर कोरीयाले युद्ध घोषणाको संज्ञा दिएको छ । यता दक्षिण कोरीयाले भने संयुक्त रुपमा सञ्चालिन औद्योगिक क्षेत्रबाट  हुने आम्दानी उत्तर कोरीयाले आणविक हतियार उत्पादनमा खर्चिएको भन्दै त्यसलाई रोक्न औद्योगिक क्षेत्र बन्द गरिएको  बताएको छ ।
उत्तर कोरीयाले यसअघि पनि दक्षिण कोरियासँग सञ्चार सम्पर्क विच्छेद गरेको थियो । सन् २०१३ मा सम्बन्ध सुदृढ भएसँगै दुई मुलुकबीच पुन: सम्र्पक स्थापित भएको थियो ।
- See more at: http://radiokantipurdiary.ekantipur.com/kantipur-diary/19574/#sthash.wehUKBPB.dEEBLxXq.dpuf
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger