जन्ती हिँडेका बाबुराम चितामा पुगे.......
| २०७२ फाल्गुन ८ शनिबार
रत्ननगर(चितवन): चिवतनको जुगेडीमा गाडीको ठक्करबाट एकजना जन्तीको मृत्यु भएको छ ।
काठमाडौं जन्ती जाँदै गरेका पर्सा ठोरीका ५० वर्षीय बाबुराम गोलेको गाडीको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले चितवनले जानकारी दिएको छ ।
ना६ख १८९० नम्बरको गाडीमा काठमाडौँ जन्ती जाँदै गर्दा जुगेडीमा खाजा खान रोकेको थियो । जुगेडीमा खाजा खाएर निस्कँदै गर्दा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो ।
उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो । ठक्कर दिने गाडीको अझै पहिचान नभएको प्रहरीले जनाएको छ । रासस
- See more at: http://www.annapurnapost.com/News.aspx/story/27224#sthash.D6jTLvYY.dpuf
लेबल:
News


