Latest Updates :

मलेसियामा ६ बर्ष अघि गएको श्रीमान ले भने - तँ जे सुकै गर मेरो लागी भनेर बस्नु पर्दैन, मैले अर्की बिहे गरि सके ::.भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

उत्तरकुमार गुर्मछान/सर्लाही - माघ २८ – सर्लाहीको कालीन्जोर-८ फुलजोरका गोविन्द परियार र विन्दा परियार उमेरले डाँडामाथिको घाम जस्तै हुनुभएको छ । सन्तानको प्रगति हेर्ने अनि कमाइ खाने यो बेलामा उहाँहरुलाई सुख होइन छोराको पीरले दिनरात पिरोलिरहेको छ ।

छोरा राजकुमार मलेसिया गएको ६ वर्ष भयो । सम्पत्ति कमाउने अनि परिवारलाई सुखी बनाउने भन्दै विदेश गएका रामकुमार उतै हराएपछि घरमा पुग्ने जो कोहीसँग पनि उहाँहरु विलौना गर्नुहुन्छ ‘छोरालाई फर्काइदिन केही गरिदिनुहुन्थ्यो की ?’ रामकुमारका बुवा गोविन्द ६३ वर्षको हुनुभयो अनि आमा विन्दा ५९ वर्ष ।

नौं जना छोराछोरी हुन उहाँहरु । तर बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भनेजस्तै अहिले कोही पनि साथमा छैनन् । ‘घरमा छोरी हुर्किएर बाबा खोज्न थालिसकी तर ऊ फर्किने नफर्किने कुनै टुङगै भएन’ गोविन्द छोरालाई आग्रह गर्नुहुन्छ, ‘छोरा तँलाई के भएर यस्तो गरिस ? अब केही नसोच बाबु एक चोटी जसरी भएपनि आइज, अरु हामीलाई केही चाहिँदैन ।’

गोविन्दले नेपालबाट छोरालाई फर्किन आग्रह गर्दा आमा विन्दा छेवैमा हुनुहुन्थ्यो । चाडबाड आउँदा मात्रै होइन भान्सामा मिठोमसिनो पाक्यो कि छोराकै याद आउँछ विन्दालाई । ‘घरमा मासु पकाउँदा आएर खाइदिए हुन्थ्यो जस्तो लाग्छ तर कोही नभए जस्तै भएकी छु’ छोराको बारेमा भन्दाभन्दै विन्दाको गला अवरुद्ध भयो ।

अचेल राजकुमारको फोन आक्कल झुक्कल आउँछ तर फोनले बुढा बाआमा स्याहारेर बसेकी श्रीमती सावित्रालाई खुसी ल्याउँदैन बरु मन अमिलो हुन्छ । ‘तँ जे सुकै गर मेरो लागी भनेर बस्नुपर्दैन’ सावित्राले श्रीमानसँग भएको संवाद सुनाउनुभयो ‘मैले विहे गरिसकें भन्दै फेसबुकमा फिलिपिनी केटीको फोटो पनि पठाउनुहुन्छ ।’ मलेसिया जाँदा लागेको १ लाख २० हजार क्रण तिरुञ्जेलसम्म फोन गरिरहेका रामकुमारले त्यसपछि फोन गर्न कम गर्नुभएको हो ।

ऋण तिर्दा विदेश गएको ४ वर्ष मात्रै भएको थियो । राजकुमार घर नफर्किएपछि दाईलाई फर्काउन भन्दै मनोज परियार पनि अहिले मलेसिया जानुभएको छ । तर दाजुका बारेमा उहाँले सोचे जति जानकारी पाउनुभएको छैन । गोविन्द र विन्दा अहिले भनिरहनुभएको छ ‘तिमी जसरी भएपनि घर आउ तिम्रो मुख हेरेर मर्न पाए हाम्रो आत्माले पनि शान्ती पाउने थियो ।’ News / Photo Source : Ujyaalo FM
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger