Latest Updates :

सुत्ने बेला ख्याल गर्नुस्, नत्र लाग्नेछन् यी खतरनाक रोग...... हेर्नको लागि तल क्लिक गर्नुहोस्..

SHARE THIS POST :

 सुत्ने तरिकाबाट हाम्रो व्यक्तित्वका बारेमा त कैयौ कुरा पत्ता लाग्छ । साथै यसको हाम्रो स्वास्थ्यसँग पनि गहिरो सम्बन्ध छ ।अन्तराष्ट्रिय पत्रिका डेलिमेलका अनुसार हाम्रो सुत्ने तरिकाबाट स्वास्थ्यमाथि राम्रो र नराम्रो असर पर्छ ।यदि बायाँ तर्फबाट सिरानी लिएर सुत्नुहुन्छ भने यसको फाइदा त्यो मानिसलाई मिल्नेछ जसलाई अधिकांश समय छातिमा जलन हुन्छ । जब यी मानिसहरु बायाँ तर्फबाट सिरानी लिएर सुत्छन् तब शरीर सिधा हुन्छ जसले पेटबाट लिक हुने एसिड कम लिक हुन्छ । जो छातिमा जलन पैदा गर्नका लागि जिम्मेवार छ ।

तर, यसका केही बेफाइदा पनि छन् । टर्कीको एक विश्वविद्यालयमा गरिएको सोधमा पत्ता लागेको छ कि जो मानिस बायातर्फ सिरानी लगाएर सुत्छन् उनीहरुले डराउने खालको सपना धेरै देख्छन् ।अर्काे भनेको पिठ्युलाई बल दिएर सुत्नेहरुको पनि स्वास्थ्यसँग जोडिएका केही फाइदा त केही बेफाइदा छन् । जस्तै यदि कम्मरमा दुखाई छ भने पिठ्युलाई बल, टाउको र घुडाको तल डिसनाको सहारा लिएर सुत्दा आराम मिल्छ । यसका लागि मासंपेशीको हड्डी सिधा राखेर सुत्नुपर्छ ।कस्मेटिक सर्जन डा गोजेस एनसन भन्छन्– पिठ्युलाई बल दिएर सुत्दा अनुहार पनि सुन्दर रहन्छ । किनकि यस्तोमा अनुहार घण्टौंसम्म दाबिदैन र दाग देखिदैन् । जबकी अनुहार घोप्टो पारेर सुत्दा पसिना आउछ जसले अनुहारको चमकलाई बन्द गरिदिन्छ ।

यसको नोक्सान कैयौ सोधमा यो भनिएको छ कि पिठ्युको बलमा सुत्दा खटिरा ज्यादा आउँछ । यस्तोमा कैयौपटक यस्तो स्थिती पनि आउँछ कि १० सेकेण्डका लागि साँस लिन पाउँदैन् जसबाट उक्त रक्तचाप, डायबटीज, तनाव जस्ता रोग लाग्न सक्छ ।अर्काे भनेको भ्रुणको जस्तो आकारमा सुत्ने तरिका पनि फाइदाजनक छ । किनकि यस्तोमा तपाई रातमा कहिले पनि आरामसँग सिरानी बदल्न सक्नुहुन्छ । मासंपेशीमा बल पर्दैन् । यसरी सुत्ने मासिन विहानै उठेर फूर्तिलो महसुस गर्छ ।यसको बेफाइदा भनेको यदि घाटीमा दुख्छ भने यसरी सुत्दा झन बढ्न सक्छ । यसकारण यदि घाटीको तल सिरानी राखेर सुत्नुभयो भने घाटी र मासंपेशी सिधा रहन्छ ।

अर्काे भनेको दायाँतर्फ सिरानी लगाएर सुत्दा उक्त रक्तचापको समस्या कम हुँदैजान्छ । किनकि यसका कारण मन (जो बायातर्फ हुन्छ)लाई छातिमा बढी ठाउँ पाउँछ । ब्लड प्रेशर पनि ठिक्क बनाउँछ । र मुटुको रोग पनि लाग्दैन् ।तर, गर्भवती महिलाका लागि यो तरिका एकदमै खतरनाक छ । दायाँ तर्फ सुत्दा जन्म हुने बेला मृत बच्चा जन्मिने सम्भावना बढी हुन्छ । यस्तो कुरा न्यूजिल्याण्डमा गरिएको एक सोधमा पत्ता लागेको थियो । कारण यो हुन्छ कि बच्चासम्म रगत सही मात्रामा पुगेको हुँदैन् ।

अर्काे भनेको् घोप्टो परेर सुत्नु अर्थात पेटलाई बल गरेर सुत्ने तरिकालाई वैज्ञानिकले सबैभन्दा आरामदायक बनेका छन् । यसको फाइदा भनेको पाचन प्रणालीलाई नियमित बनाउने अर्थात सही ठाउँमा राख्ने । हान्ग कान्गको एक विश्वविद्यालयका विशेषज्ञ भन्छन् यो तरिकाको सुताईबाट राम्रो सपना आउँछ ।यसको बेफाइदा भनेको एकतर्फी रुपमा कैयौ घण्टासम्म टाउको घुमाएर सुत्दा गघाटीको मांसपेशी अड्किन थाल्छ । यसले टाउको दुख्छ । काध गल्न थाल्छ र दुखाई महसुस हुन्छ । यदि कम्मरमा दुःखाई छ भने यसबाट झन बढी हुनसक्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger