महिला होस् या पुरुष, साँझको समयमा भुलेर पनि नगर्नुस् यी ७ काम !
मानिसहरु कुनै पनि कामलाई आफ्नो मुड र अनुकुलताअनुसारको समयमा गर्छन् । तर धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने कैयन यस्ता कामहरु छन्, जसलाई साँझको समयमा गर्न हुँदैन ।
धर्मशास्त्रले साँझमा गर्न हुँदैन भनेर निषेध गरेका केही कामहरु छन्, ति कामहरु साँझको समयमा गरेका देवी-देवताले उसको घरमा बास नगर्ने विश्वास गरिन्छ ।
* हुन त आजभोलि घरअगाडि तुलसीको मोठ बिरलै देख्न पाइन्छ । केही वर्षअघिसम्म अधिकांश घरअघि अनिवार्य तुलसीको मोठ हुन्थ्यो । यदि तपाईंको घरमा तुलसीको मोठ छ भने, साँझको समयमा कहिल्यै जल अर्पण नगर्नुस् । साथै तुलसी पत्ता पनि साँझको समयमा नटिप्नुस् । तर, साँझको समयमा तुलसीको मोठमा दीप प्रज्वल्लन गर्नुस्, जसले घरमा सुख-संवृद्धिको बास हुन्छ ।
* साँझको समयमा कुचो नलगाउनुस् । यस्तो गर्दा घरको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक तत्व घरभित्र प्रवेश गर्ने धार्मिक विश्वास छ । यसो गर्दा घरमा दरिद्रताले बास गर्छ, भन्छन् शास्त्रहरु ।
* त्यसो त कसैको निन्दा र गलत काम कुनै समयमा पनि गर्नु हुँदैन, अझ साँझको समयमा भुलेर पनि त्यस्तो काम नगर्नुस् ।
* साँझको समय शारीरिक सम्बन्ध राख्नलाई पनि धर्मशास्त्रहरुले निषेध गरेका छन् । यो समय कामुकता होइन, घरको वातावरण धार्मिक र पवित्र बनाइराख्नुस् ।
* क्रोध मानवको सबैभन्दा ठूलो दुश्मन हो । रिसले आफूलाई त दु:खी बनाउँछ नै, आसपासको वातावरण पनि बिगारिदिन्छ । साँझको समयमा धनकी देवी लक्ष्मीले पृथ्वी भ्रमण गर्छिन्, यदि तपाईं क्रोधित र अशान्त रहनुभयो भने उनको कृपा तपाईंमाथि रहने छैन ।
* साँझको समयमा पढाई पनि उपर्युक्त हुँदैन भनिन्छ । समय मिल्छ बिहानको समयमा पढ्नुस्, बिहान पढ्दा तपाईंले जति सम्झिन सक्नुहुन्छ, त्यति साँझमा सम्भव हुँदैन । धर्मशास्त्रहरुले पनि साँझ पढ्नका लागि उपर्युक्त समय होइन, भन्छन् ।
* ठ्याक्कै साँझमा खाना पनि नखानुस् । बेलुकाको खाना खानका लागि करिब ८ बजेको समय उपर्युक्त हुन्छ ।
यदि तपाईं धर्मशास्त्रमा विश्वास राख्नु हुन्न भने पनि यी कुराहरुले तपाईंलाई फाइदा नै पुर्याउँछ । जुनसुकै कामको लागि पनि सही समय हुन्छ । गलत समयमा गरिएको सही काम पनि गलत हुनसक्छ । त्यसैले समयलाई कहिल्यै नजरअन्दाज नगर्नुस् ।


