रोमीको गहिरो कुकुर प्रेम,,,..भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....
काठमाडौं- उनको जीवनमा कुकुरले जति साथ दिए, त्यतिको साथ मान्छे जातिले कहिल्यै दिएनन्। त्यसैले हुनु पर्छ उनको मनमा कुकुरप्रति गहिरो पे्रम छ। कुकुर सुखी हुँदा उनी सुखी हुन्छिन्, कुकुर दुःखी हुँदा उनी दुःखी।
कुकुरलाई मान्छेभन्दा गहिरो पे्रम गर्ने महिला हुन्, डिल्लीबजारकी ४३ वर्षीया रोमी लामा। उनी पुरै कुकुरपे्रममा तल्लिन छिन्। घर र सडकमा चिनजान बढेका भुस्याहा कुकुरको उपचार गर्नु, खाना खान दिनु र रेबिजको सुई हानिदिनु, बन्ध्याकरण गराइदिनु र चोटपटक लागेका कुकुरलाई अस्पताल पुर्या एर उपचार गराउनु उनको दैनिकी हो।
'कसैलाई गाडीले ठक्कर दिएको हुन्छ, कतिलाई मान्छेले नै कुटेर घाइते बनेका हुन्छन्,' रोमीले भनिन्, 'तिनलाई अस्पताल पुर्याीएर ल्याएपछि तिनको सेवा गर्नु मेरो दैनिकी भएको छ।'
रोमीले घरमा स्थायी रुपमा पाल्दै आएकी ११ सहित दैनिक ५० वटा कुकुरलाई खाना पस्किन्छिन्। महिनामा तीन/चार कुकुरको बन्ध्याकरण गराउन लैजान्छिन्। प्रतिकुकुर बन्ध्याकरण गराएबापत तीन हजार रुपैयाँ लाग्छ भने सबै कुकुरको मासिक खाना खर्च ३० हजार रुपैयाँ कम्तीमा लाग्ने गरेको छ। सबैलाई घरमा राख्ने ठाउँ नभएकाले सडकमै पुगेर खाना दिनु परेको रोमीले बताइन्। 'सबैलाई मासुभात र बिस्कुट खान दिन्छु,' उनले भनिन्। उनले यो खर्चको जोहो आफ्नो पुतलीसडक र डिल्लीबजारस्थित घरबाट आउने भाडाबाट गर्छिन्।
रोमीलाई कुनै पनि कुकुरलाई पिटेको र मारेको मन पर्दैन। यसको लागि उनले सरकारसँग कुकुरको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्छिन्। 'पहिला कुकुर मार्ने महानगरपालिकाको कुरा सुनेर म धेरै दुःखी भएँ,' उनले भनिन्, 'राजधानीमा बढ्दो कुकुर संख्या नमारी व्यवस्थापन गर्न सकिन्छ नि! त्यसका लागि बन्ध्याकरण एउटा प्रभावकारी बाटो हो।'
उनलाई कुकुर मारेको पटक्कै मन पर्दैन तर समाजलाई भुस्याहा कुकुर पालेको मन पर्दैन। यी दुई अन्तर सम्बन्धको चेपुवामै परेर उनले बिगत १२ वर्षदेखि भुस्याहा कुकुर हेरचाह गर्दै आएकी छन्। भुस्याहा कुकुर पालेकै कारण उनका छिमेकी रिसाए। उनी सधैँ छिमेकीलाई कुकुरप्रति पे्रम गर्न सिकाउँथिन्, छिमेकी भने ठीक उल्टो गर्थे। अन्ततः उनको प्रयासले १७ वर्षपछि छिमेकी बद्लिए। 'कुकुरलाई बदल्न सजिलो छ, मान्छेलाई सजिलो छैन,' रोमीले अनुभव सुनाइन्।
'मलाई देख्नेबित्तिकै कुकुर भुक्थे,' उनले भनिन्, 'त्यो देखेर छिमेकी झर्को मान्थे। कतिले त कुकुरलाई तातो पानी फाल्थे।' भुस्याहा कुकुरलाई खाना दिँदै गरेको बेला टोलका सविन श्रेष्ठले भुस्याहा कुकुर बढाएको भन्दै पिटे पनि। उनी न्याय खोज्न प्रहरीकहाँ पुगिन्। सविनले पछि माफी मागे।
१२ वर्षको अनुभवमा रोमीले कुकुर र कुकुरले रोमीलाई जति कसैले बुझेनन्। 'बाबु' नामक कुकुरले उनलाई धेरै नै माया गर्थ्यो। केही समयअघि मरेको 'बाबु'ले गरेको माया उनलाई भुल्न कठिन भइरहेको छ।
रोमीको भुस्याहा कुकुरसँग पहिलो पे्रम २२ वर्ष अघि पतिको दुर्घटनामा मृत्यु भएपछि बसेको हो। पति वियोगमा काखकी छोरी बोकेर उनी जीवन र मृत्युको अनुभव हेर्न आर्यघाटमा पुग्थिन्। उनको आँखाभरि आँसु हुन्थे। उनको पीडाबोध मान्छेले पटक्कै गरेनन् तर एउटा भुस्याहा कुकुर आएर उनी रोएको देखी चाट्न थाल्यो। त्यस दिनदेखि उनलाई मान्छेभन्दा पशुले कुरा बुझ्न सक्ने रहेछ भन्ने लाग्यो। त्यस दिनदेखि नै उनले भुस्याहा कुकुरप्रति सम्मान जागेको थियो।
काखे छोरीको पालनपोषण र बाँकी जीवन संघर्षले भुस्याहा कुकुर सेवा गर्ने रहर पूरा भएको थिएन। अहिले छोरी ठूली भइसकेकी छन्। छोरी पढाउन भनी रोमी वैदेशिक रोजगारीमा गइन्। पछि नेपाल फर्केर रेष्टुराँ चलाइन्। अहिले सबै बेचेर पूर्णकालीन रुपमा कुकुरको हेरचाहमा खट्छिन्। उनको नेपाल सरकारसँग एउटा आग्रह छ कुकुरलाई अस्पताल पुर्यापउने एम्बुलेन्स र सबै कुकुरलाई बस्ने ठाउँका लागि तीन चार रोपनी जग्गाको व्यवस्था।
यति व्यवस्था भए आफैं तिनको सेवामा दिनरात खट्ने र खर्चको व्यवस्थापन गर्ने उनको इच्छा छ।
लेबल:
Amazing


