Latest Updates :

दुर्इ छाेरीकाे हत्यापछि अामाले गरिन् आत्महत्या....

SHARE THIS POST :


सर्लाही– दिनहुँ घरमा सासु र श्रीमानसँग हुने गरेकाे झगडा सहन नसकेर मंगलबार सर्लाही, हरिपुर्वा–५ की २५ वर्षीया सोभिता देवी यादवले अाफ्ना छोरीहरु ५ वर्षीया मन्दिरा कुमारी र २ वर्षीया प्रिती कुमारीको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहारी कार्यालय सर्लाहीले जनाएको छ।


घर परिवार चालउने विषयमा घरायसी विवाद हुँदा सासुले दुई छोरी–छोरी मात्रै जन्माएको, छोरा जन्माउन नसकेको र दाइजो भनेजती नल्याएको भन्दै गाली बेइज्यती सहन नसक्दा दुई छोरीकाे हत्या गरी सोभिताले आत्महत्या गरेको प्ररम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहारी कार्यालय सर्लाहीबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक चन्द्रभूषण यावले बताए। 'उनीहरुबीच आर्थिक विषयमा विवाद भएकै कारण घटनाभन्दा पहिला घरभित्र रहेको करिब २० हजार रुपैयाँ सोभिताले च्यातेर घरको दुई ढोका थुनी घटना भएकाे छ,' यादवले भने।

प्रारम्भिक अनुसन्धानमा घटना प्रकृतिले आमाले नै दुई छोरीको हत्या गरी आत्महत्या गरेको देखिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्का बताउँछन्। तीन जनाको शव बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको उनले बताए। घटना स्थलको अाधारमा आमाले नै दुई छोरीको हत्या गरी आत्महत्या गरेको हुन सक्ने देखिएको छ,' खड्काले भने, 'घरमा कोही नभएको बेला कोठाको ढोका बन्द गरी एउटा डोरीलाई आगोले जलाएर तीन टुक्रा बनाएर पहिला दुई छोरीको पालै पालो घाँटीमा बाँधेर झुण्डयाई हत्या गरेपछि आमाले एक टुक्रा डोरीले आफै पासो लगाएर आत्महत्या गरेको पाइएको छ।'

घटना स्थलको प्रकृति हेर्दा घटना आक्रोशको झोकमा भएकाे पाइएकाे प्रहरीले जनाएको छ। घर परिवारबाट सहनै नसक्ने दवाबपाछि महिलाले पहिला छोरीको हत्या गरी पछि आत्महत्या गरेको हुन सक्ने अनुसन्धानमा खटेका प्रहरी अधिकृत बताउँछन्।

तराइका जिल्लामा महिलामाथिको दमन रोक्न चौतर्फी प्रयास भइरहे पनि व्यवहारमा लागू हुन सकेको छैन। दाइजो नल्याएको, छोरा जन्म नदिएको, घरको काम नगरेको, सुन्दर नभएको तथा आचरण खराब भएको श्रीमान, सासु तथा घर परिवारबाट लाग्ने यस्ता आरोपका कारण आत्महत्या गर्नेको संख्या बढ्दो छ।

महिला हिंसा न्युनीकरणका लागि संञ्चार माध्यममा बज्ने सन्देश र सडक छेउमा ठूला होडिङ्ग बोर्ड लगाए पनि समाजमा सकारात्क प्रभाव पर्न सकेको छैन । हिंसको घटना जिम्मावर निकायमा आउँदा पिडकलार्इ कानुनि कारवहि नगरी समाजिक रुपमा घटना मिलाउँदा महिलाहरु हिंसा सहन नसकेर आत्महत्याको बाटो रोजनु परेको सर्लाही गैरका शिक्षक रजनिकान्त झा बताउँछन्। श्रीमान र सासुको दवाव, कुटपिट, आरोप, गाली, बेइजती सहन नसक्दा मधेसमा महिलाले तरकारीमा छर्न ल्याएको विषादी र पासो लगाएर आत्महत्या गर्ने क्रम बढेको झा बताउँछन्।

मंगलबार दिउँसो भएको घटना साँझ मात्र बाहिर सार्वजनिक भएको प्रहरीले जनाएको छ। घरका सबै जना मंगलबार १० बजेसम्म खाना खाएर खेतमा उखु काट्न गएको बेला दिउँसो आत्महत्या गरेको कारण साँझ मात्रै परिवारले जानकारी पाएका थिए। घटना गम्भिर प्रकृतिका भएकोले जिल्ला प्रहरी कार्यालयको दुई टोलीसँगै अञ्चल प्रहरी कार्यालयबाट समेत अनुसन्धान टोली खटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पोष्टमार्टम गरीएको छ। तीनै जनाको मृत्यु झुण्डिएर भएको चिकित्सकले जनाएको प्रहरी निरीक्षक यादवले बताए। - See more at: http://nagariknews.com/main-story/story/57274.html#sthash.q3l58Xen.dpuf
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger