– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, ७ फागुन । २८ हजारको ५ महिनामा ३ लाख भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।
तर, यथार्थ यहि हो.सि.न.पा–६ रुपन्देही बस्ने अलि हुसेन मिया नामक एक व्यक्तिले गत भदौ १८ गते रू २८ हजार ४९७ जम्मा गरेको ५ महिनामा उनकी श्रीमती हसिना खातुनले ३ लाख १८ हजार ६ सय पाएकी छिन् । यद्यपि विमित अलि हुसेन मिया अहिले यस संसारमा छैनन् ।
मृतक अलि हुसेन मियाको नाममा गत बर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय भैरहवामा आफ्नो जीवन कालमा विमालेख न ३२१००२०६५ अन्तर्गत रु ३ लाखको १५ बर्षे जीवन बिमा गराएकोमा वार्षिक रु २८ हजार ४९७ का दरले १ किस्ताको बिमाशुल्क मात्र जम्मा गर्नु भएकोमा हाल बिमित अलि हुसेन मियाको मृत्यु भएपछि उहाँको श्रीमतीलाई मृत्यु दावी रकम बापत ३ लाख १८ हजार ६०० र उक्त समयसम्म आर्जित बोनस रकम रु १८ हजार ६०० सहित एक कार्यक्रमकाबीच नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाले हस्तान्तरण गरेको छ ।
आफ्नो श्रीमानले जीवन बिमा गराएकाले अहिले श्रीमान यस संसारमा नभएपनि आफूले पाएको रकम आफ्नो बालबच्चाहरुको पालनपोषण र उनीहरुको शिक्षा दिक्षामा खर्च गर्ने मृतक मियाकि श्रीमति हसिना खातुनले बताइन् ।
सो अवसरमा हसिना खातुनलाई मृत्यु दावी रकम हस्तान्तरण गर्दै कम्पनीका भैरहवा शाखा प्रमुख पुरुषोतम सापकोटा जैसिले आफ्नो सुरक्षित भविष्यको लागि जीवन बिमा गराउन एकदमै आवश्यक रहेको बताए ।
- See more at: http://dainiknepal.com/2016/127566.html#sthash.OsJkrydH.oVDhBRRx.dpuf


