Latest Updates :

दुर्घटनामा मरिचमान पुनको मृत्यु....

SHARE THIS POST :

    ८ फागुन, २०७२
 
कोहलपुर- विपरीत दिशातर्फ गैईरहेका मोटरसाईकल र ट्याक्टर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

बर्दिया बाँसगडीबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ प ७९५८ को मोटरसाईकल र कोहलपुरबाट बाँसगडीतर्फ गैईरहेको भे १ त ५८४४ नम्बरको ट्याक्टर शुक्रबार राती पूर्वपश्चिम राजमार्गको मदनचोकमा ठोकिँदा मोटरसाईकल सवार कोहलपुर–१३ का मरिचमान पुनको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाईकल चालक कोहलपुर–१३ का लिलाराज ओली गम्भीर घाईते छन् । दुर्घटनामा गम्भीर घाईते पुनको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । गम्भीर घाईते ओलीलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनायो ।

ट्याक्टर र ट्याक्टर चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger