घाइते यात्रुको बयानः विमान अनियन्त्रित भएपछि कोलहाल मच्चियो
फागुन, नेपालगञ्ज । एयर काण्ठमण्डपको उडानमार्फत म जुम्लाबाट नेपालगञ्ज जाँदै थिए । मध्यान्ह १२ बजेर १५ मिनेटमा बिमान नेपालगञ्ज बिमानस्थलबाट उडेको थियो ।
उडेको १० मिनेटपछि विमानभित्र हामीले चुईङगम पड्काएजस्तो आवाज सुन्यौँ । पहिलो पटक पड्किदा नै डर लाग्यो । दोस्रो पटक पनि पहिलेकै जस्तो आवाजमा पड्कियो ।
तेस्रो पठक पड्किएपछि यात्रुहरु नर्भस भइसकेका थिए । पाइलटले यात्रुलाई नआत्तिन आग्रह गर्दै सुरक्षित अवतरण गराउने आश्वासन दिए ।
चौथोपटक अलि ठुलो आवाजमा पड्कियो । त्यसपछि त विमानमा रहेका यात्रुहरुको होसहवास उड्न थाल्यो । विमान असन्तुलित हुन थाल्यो र फाइटर विमान झै आकाशमा यताउता नाच्न थाल्यो ।
लेबल:
News