Latest Updates :

‘अहिले नजानू भन्दाभन्दै जानुभयो’..... भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...

SHARE THIS POST :

पोखरा, १३ फागुनः
अमर परियारः हेलो भाउजु
मीना परियारः भन्नु बाबु
अमरः खै अझैसम्म प्लेन आएन त ?
मीनाः हो र बाबु ? म बुझेर हजुरलाई खबर गर्छु ।

स्याङ गाउँ मार्फा मुस्ताङका कान्छा (कृष्ण) परियारलाई बुहारी मीना र छोरी शान्ता परियारले पोखरा एयरपोर्टबाट विदाइ गरेको १ घन्टापछि छोरा अमरसँगको फोन कुराकानी हो, यो । बिरामी बुवा जोमसोम एयरपोर्टमा झर्लान् अनि घर लैजाम्ला भनेर अमर एयरपोर्टमै कुरिरहेकाथिए । अरु दिनको जस्तो मौसम खुलेको हुनाले समयमै प्लेन आउँछ भन्ने थियो अमरलाई । तर १ घन्टाभन्दा बढी समय लागेपछि अमरले भाउजु मीनालाई फोन गरेर खबर लिएका थिए ।

उताबाट खबर आउन साथ बुद्धचोक घरबाट बुहारी मीना र छोरी शान्ता एक्कासि पोखरा एयरपोर्ट हान्निए । एयरपोर्ट गेटमा के छिरेका थिए, उनीहरु झन आत्तिए । मानिसको चहल पहल, केही फोनमा व्यस्त त केही मलिन अनुहार बनाएर बसिरहेका थिए । ‘कहाँ गयो होला त नि ?’ एयरपोर्ट अगाडिको चौरमा बसेका मानिसबीचबाट आवाज आयो । ‘पोखराबाट उडेको जहाज यति बेरसम्म पनि जोमसोम पुगेन भनेपछि पक्कै दुर्घटनामा पर्‍यो,’ अर्का एक जनाले भने ।

एयरपोर्ट आउन नपाउँदै यति कुरा सुनेपछि मीना र शान्ताको आँखा रसाउन थाले । त्यहाँ कसलाई सोध्ने ‘के भएको हो भनेर ? सबै अन्योलमै थिए । मीना र शान्ता र उनका आफन्त त्यही जम्मा भए । रसाएका आँखाबाट आँसु झर्न थाले । ती सबै एयरपोर्ट अगाडि रहेको विश्रामगृहमा पुगे । ‘नजानू भन्दाभन्दै जानुभएको थियो,’ आँखाबाट आँसु बगाउँदै बुहारी मीनाले भनिन्,‘बिरामी मान्छे घर जान आत्तिनु भएको थियो ।’ कान्छालाई मणिपाल शिक्षा अस्पतालमा १ महिना १५ दिन राखेर उपचार गराइएको मीनाले बताइन् ।

‘रुखबाट खसेर ढाडमा चोट लागेको थियो,’ उनले भनिन्, ‘राम्रोसँग उपचार गर्नपर्‍यो भनेर पोखरा ल्याएका थियौं ।’ उपचार गरेर निको भइसकेको उनले बताइन् । ‘बुवा निको भइसक्नु भएको थियो,’ उनले भनिन्, ‘केही दिन यतै बस्नुभन्दा मान्नुभएन ।’ यता गर्मी भएको कारण मार्फा स्याङ जान खोजेका उनले बताए ।

मीनालाई अगालो हाल्दैसँगै बुवाको यादमा रुँदै थिइन् छोरी शान्ता । ‘यस्तो के भयो नि?’ उनले भनिन्, ‘प्लेन जस्तो गएको थियो त्यस्तै आएपनि हुन्थ्यो नि ।’बिरामी बुवालाई बिहान आफै एयरपोर्ट छाड्न आएको उनले बताइन् । ‘यति बेर त्यो प्लेन कहाँ गयो होला,’ उनले भनिन्, ‘के हुन लेखेको हो ?’

पोखरा एयरपोर्टमा उनीहरु जस्तै सबै यात्रुका आफन्तको आँखा रसाएको थियो । उनीहरु के खबर आउँला भनेर पाँच घन्टासम्म कुरिरहेका थिए । न त पोखरा एयरपोर्ट प्रशासनले केही भन्न सकेको थियो न त जोमसोमबाटनै केही खबर । अन्त्य त विमान दुर्घटना भयो भन्ने अधिकारिक खबर आयो । म्याग्दीको दाना गाविसको जंगलमा विमान दुर्घनाग्रस्त अवस्थामा भेटिएको खबरले सबैलाई स्तब्ध बनायो ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger