Latest Updates :

डेटिङ जाँदा मोटरसाईकल दुर्घटनामा प्रेमी गुमाएपछि… .. भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...

SHARE THIS POST :

काठमाडौं । केटा होस् या केटी, बालक होस् या बृद्ध सबैलाई माया चहिन्छ । अनि यहि मायाले कसैको भलो गर्दछ भने, कसैको ज्यानै लिने काम गर्दछ । अझ भनौं आज भोलिका केटा, केटीहरुको त झनै बयान गरेर साध्य नै हुन्न । केटीहरु भन्छन् ‘एउटा मोटरसाईकल पनि नभएको केटासंग त कस्ले माया गाँस्छ, त्यसैले एउटा थोत्रो भएनि मोटरसाईकल भएको चाँहिदो रहेछ ।’

अनि केटाहरु पनि केटी पट्टाउन भएपनि एउटा थोत्रोमोत्रो मोटरसाईकल ऋण गरेर भएपनि किन्छन् । हाम्रो लेपाली समाज अलि अरु देशको समाज भन्दा फरक छ । किन भने भोको बसेर वा ऋण गरेर भएनि अरुको अगाडि टांई—फांई गर्ने चलन छ ।तर, यहाँ कुरा अर्कै छ । आफुले माया गरेको मान्छे आफ्नै आँखा अगाडि मृत्यु भए पछि कस्तो पिडा हुन्छ होला एक पल्ट कल्पना गर्नुस त ? हाम्रो समाजको परिभेषमा मिल्दो जुल्दो अनि त्यसलाई नै ब्याँग्य गर्न खोजिएको भन्दा फरक नपर्ने एउटा लघुचलचित्र बनेको छ ।

माया मा त्याग हुनुपर्छ, माया प्राप्ती मात्र हैन । यहि आशय बोकेको लघुचलचित्र ‘पराइ भो माया’ युटुव च्यानल मार्फत एनएचएस मिडियाले बजारमा ल्याएको छ । मायामा पागल बनेकी एक युवती आफ्नो होस आएपछि कसरी बिचलित बन्न पुग्छे यहि सेरो फेरोमा यो चलचित्रको कथा घुमेको छ ।

सपना लामिछानेको मुख्य भुमिका रहेको यो चलचित्रमा दिनेस थापाले दाजुको रुपमा प्रस्तुत भएका छन् । त्यस्तैे उषा बस्नेत र सुरेस गुरुङको पनि अभिनय रहेको छ । अशोक सुनारको छायांकन रहेको छ, भने युबराज खत्रीको सम्पादन रहेको छ । चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् भने निर्देशन पनि अधिकारी ‘घायल’कै रहेको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger