मानिसका शरीरका विभिन्न अंगले उसको स्वभावलाई प्रष्ट पार्दछ । तपाई कसैको ओठको बनावटले उसको स्वभाव दर्शाउछ भन्दा अच्चममा पर्नुहुन्छ होला ? तर मनौवैज्ञानिकहरुका अनुसार व्यक्तिको स्वभाव उसको ओठबाट स्पष्ट पार्न सकिन्छ ।
पूर्वीय दर्शन अनुसार पनि वयक्तिका शारीरिक अंगले उसको स्वभाव निर्धारण गर्दछ भन्द छ । ओठको वनावटले महिला तथा पुरुषको स्वभाव बुझ्न गारो हुदैन । कस्ता ओठ भएका मानिसको स्वभाव कस्तो हुन्छ त ?
गुलाबी ओठ – यस्तो ओठ हुने व्यक्तिको व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्ता व्यक्ति यति धेरै कुशल हुन्छन कि आफ्नो व्यवहारको बलमा सबै काम मन लगाएर काम गर्छन् । यही कारण पनि यिनीहरुको मित्रको संख्या धेरै हुन्छन् ।रशिलो ओठ – सामुद्रिक शास्त्रका अनुसार यस्तो ओठ रातो रंगको चिल्लो र मृदुल हुन्छन् । यस्तो ओठबाट कलात्मक भाव परिलक्षित हुन्छ । यस्तो ओठ भएको मान्छे सुंदर, कला प्रिय र राम्रो स्वभावको हुने गर्छन् । यस्ता मान्छे समाज र घर(परिवारमा मान(सम्मान प्राप्त गर्छन् । कार्य क्षेत्रमा उच्च शिखर सम्म जान र जीवनमा कयौं उपलब्धिहरू हासिल गर्न सक्छन् ।
मोटो ओठ – जसको ओठ सामान्य भन्दा मोटो छ उनीहरु बढी क्रोधी स्वभावका हुन्छन् । यस्ता मान्छे एकदम आवेशी हुन्छन् । यिनीहरुलाई मायाँ गर्न पनि छिटो आउँछ भने रिसाउँन पनि छिटो आउँछ । यिनिहरु भावनात्मक हुन्छन् साथै जिद्दी हुन्छन् । सानो कुरामा पनि यिनिहरु रिसाईहाल्छन् । स्त्रिहरुका लागि यस्तो ओठ धेरै ठिक हुन्न किनकि उनीहरुको नराम्रो स्वभावले आफ्नो घर(गृहस्थ जीवनमा बाधा उत्पन्न हुने गर्छ ।
ठूलो ओठ – केहि मान्छेको ओठ सामान्य स्थितिभन्दा बढी ठुलो आकारको हुन्छ वा कसैको ओठको फैलावट ठुलो हुने गर्छ । उनीहरुको बारेमा भने अनुसार यस्ता मान्छे मिठो खानाको सौखिन हुन्छन् । यिनीहरुलाई फरक फरक व्यंजन बढी मन पर्छ । यस्ता मान्छे छिटो रिसाउछन् भने छिटो खुसी पनि हुन्छन् ।
संकुचित ओठ – ओठ जुन ओठ छोटो हुन्छ र पातलो हुन्छ उक्त ओठ संकुचित ओठको श्रेणीमा पर्छ । यस्तो ओठ हुने मान्छे बढी देखावटी हुन्छन् । बढी नक्कल गर्ने यिनीहरुको स्वभाव हुन्छ साथै यस्ता व्यक्तिहरु अन्य मान्छेको अगाडी आफ्नो प्रभाव बनाउने चेष्टा गरीरहन्छन् ।
बढी फराकिलो ओठ – सामान्य स्थितिभन्दा बढी च्यातिएको ओठ भएकाहरुमा साहसको कमि हुन्छ । यस्ता मान्छे कुनै पनि कठिन परिस्थितिमा आफुलाई सम्हाल्न सक्दैनन् । यिनीहरुलाई साधारण भन्दा पनि साधारण कुरामा पनि डराईरहेको देख्न सकिन्छ ।
भित्र बढी दबिएको ओठ – जुन व्यक्तिको ओठ बाहिरबाट हेर्दा सामान्य नदेखिने र बढी भित्र दबिएको छ त्यस्ता मान्छेहरु बढी भुलक्कड़ हुन्छन् । यस्ता मान्छे रहस्यमय स्वभावका हुन्छन् । तर पनि यस्ता मान्छे राम्रो योजनाकार हुन सक्छन् तर पनि आफ्नो योजना बाहिर ल्याउन असक्षम रहन्छन् ।स्रोत;रोचक खबर