सिंगै गाउँ नै रुवायो यो विवाहले, बन्यो नयाँ उदाहरण..... भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...
गुल्मी । ‘लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रुपमा कन्यादान दिँदैछु’ तम्घास ३ कि ६२ वर्षीया लक्ष्मी नेपाललीले विधवा बुहारीलाई कन्यादान दिँदै भनिन् ‘ अव माइतीको रुपमा मेरो घरमा आए, म छोरीको रुपमा सँधै स्वागत गर्नेछु ।’
लक्ष्मीले आफ्नी बुहारीलाई छोरीको रुपमा कन्यादान दिँदा विवाहमा भेला भएका जन्ती र आफन्तजन सबैले आँसु बगाए थिए । विवाहमा सबै छोरीको जन्मिएको घरमा आमा बुबा र माइतीले कन्यादान दिन्छन् तर, गुल्मीमा सासु ससुराले आफ्नी बुहारीलाई कन्यादान दिँदै गर्दाको दृष्य हो यो ।
आफ्नो जेठो छोराको मृत्युभएपछि सदरमुकाम तम्घास ३ बाघमारे निबासी सासु लक्ष्मी र ससुरा इस्वरी नेपालीले २४ वर्षीय उषा नेपालीको विवाह धुर्कोट रजस्थल १ निवासी सूर्य बहादुर नेपालीका छोरा २८ वर्षीय आशिष कुमार नेपालीसंग गरीदिएका हुन् । सासुआमाले आशिाषलाई ज्वाईँको रुपमा खुट्टाको जल खाएर हिन्दु धर्म अनुसार विवाह गरिदिएका थिए ।
यसअघि उषाको २०६३ साल असारमा तम्घास ३ का प्रदिप नेपालीसंग विवाह भएको थियो । विवाह भएको २ वर्षपछि प्रदिपको तम्घासमा रहस्यमय रुपमा मृत्यु भएकाले श्रीमानको मृत्यु नभई हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि त्यसको फैसला पर्खेर बसेकी थिईन् ।
सर्बोच्व अदालतसम्म पुगेका उनीहरूलाई राजनैतिक पहुँचको आधारमा मुद्दा खारेज भएपछि हत्याको कुरा त्यतिकै ओझेलमा प¥यो र पतिको हत्याको न्यायीक छानबिनको लागि बसेकी उषालाई उनको ईमान्दारीताको कदर गर्दै विवाह गरीदिएको उनका देवर शंकर नेपालीले बताए ।
छोराको मृत्यु भएपछि पनि घरमा लगनशिल भएर काम गरेकी बुहारीको मेहनेत, माया र ममताका कारण आफूले छोरीजस्तै मानेर विवाह गरीदिएको सासु लक्ष्मीले बताइन । ‘ विधवा भएको पनि ५ वर्ष भयो, एक्ली बुहारी माइतीमा जाने, निहुँ खोज्ने केही गरीनन्, उनले भनिन् छोराभए जस्तै घरमा लगनशिल भएर काम गरेकी छोरी जस्तै भएपछि सल्लाहले नै विवाह गरीदियौँ ।’
उषाको लगनशिलता र इमान्दारीताका कारण उनको विवाहको कुरा चलाईएको र विधिपूर्वक नै विवाह गरीदिएको उनका जेठाजु कृष्ण नेपालीले बताए । ‘श्रीमानको मृत्युपछि पनि व्यावहार गर्ने उनको इमान्दारीताले गर्दा हामीलाई उनको भविश्यको बारेमा चिन्ता लाग्यो, उनले भने उनको भविष्यको लागि केही सोच्नुपर्छ भनेर हामी घर, माइती सबैको सल्लाहमा विवाह गरीदिएका हौँ ।’
लेबल:
Amazing