Latest Updates :

मिठो निद्रा कसरी ? यी निम्न कारणले निद्रालाई असर गर्छ, मिठो निद्राका लागि यी कुरामा ध्यानदिनुस.....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...

SHARE THIS POST :

गहिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो । मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ । तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन् । अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन् । आफ्नै र बाह्य कारणले गर्दा मानिसको निद्रा अनियमित हुँदै गएको छ ।

राम्रो निद्रा नलाग्नु र दीर्घकालीन रुपमा निद्रा नलाग्नुले बुढेसकालमा देखा पर्ने रोगहरु लाग्ने अनुसन्धकर्ताहरु बताउँछन् । यसले गर्दा दोस्रो खालको मधुमेह, उच्च रक्तचाप, मोटोपना, सम्झने शक्ति घट्दै जाने, बुढो देखिनेजस्ता स्वास्थ्य समस्या चाँडै देखा पर्ने अध्ययनहरु बताउँछन् । यदि तपाईं निकै थकित हुनुहुन्छ तर सुतिरहनुभएको छैन, तपाईंले गलत गरिरहनुभएको छ, अनुसन्धाता भन्छन् ।

यस्ता विभिन्न कारणले गर्दा मानिसहरुले निद्रालाई असर पुर्या्इरहेको अध्ययनहरुले देखाएका छन्ः

१) घडी हेर्ने

सुतिरहेको बेला ब्युझेपछि घडी हेर्ने र निदाउन नसक्ने सबैभन्दा गाह्रो विषय भएको विशेषज्ञहरु बताउँछन् । म किन यति चाँडै ब्युँझेरु फेरी सुतुँ कि नसुतुँ ?, यस्ता प्रश्नहरुले गर्दा मानिसहरुको निद्रालाई असर गर्ने उनीहरुको दाबी छ ।
२) उज्यालो कोठामा सुत्ने
उज्यालो कोठामा सुत्ने वा चम्किलो बत्ती बालेर सुत्नाले निद्रामा असर गर्छ । हाम्रो दैनिकी उज्यालो र अँध्यारोले नियमन गर्छ । अँध्यारोले हाम्रो मष्तिष्कलाई निद्रा लागेको महशुस गराउँछ भने उज्यालोले मस्तिष्कलाई ब्युझाउँछ । धेरै मानिसहरुका लागि उज्यालोभन्दा अँध्यारो कोठा सुत्नका लागि उपयुक्त हुने अध्ययनहरुले बताउँछन् ।
३) अनियमित तालिका
हामी सबैको व्यस्त समयतालिका हुन्छ । तर हाम्रो सुत्ने र उठ्ने समय अनियमित भएमा निद्रामा समस्या देखा पर्छ । केही साताको अवधिसम्म सुत्ने र उठ्ने नियमित समय तालिका मिलाउने हो भने निद्रा एउटा तालिकामा आउँछ । यसले निद्राको गुणस्तर सुधार्ने मात्र नभई जीवनको गुणस्तर पनि सुधार्ने विशेषज्ञहरु बताउँछन् । ६ सातासम्म यसो गर्यो भने फरक महसुस गर्ने उनीहरु बताउँछन् ।
४) धेरै मात्रामा क्याफिन पिउने
बेलुका ८ बजे कफी खाएर मस्त निदाउन सक्ने निकै कम मानिस हुन्छन् । सामान्यतयाः मानिसलाई धेरै जसो क्याफिन प्रशोधन गर्न आठ देखि १० घन्टाको समय लाग्छ । यदि कसैलाई निद्रामा कठीनाई छ भने, कफीको अन्तिम कप मध्याह्न १२ बजेभित्रै लिनुपर्छ ।
५) टेलिभिजन हेर्ने, वा ट्याब्लेट वा फोनमा व्यस्त रहने
उज्यालो प्रकाशले हाम्रो सुत्ने व्यवहारमा असर गरेजस्तै टेलिभिजन, ट्याब्लेट, ल्यापटप वा स्मार्टफोनको चम्किलो स्त्र्किनले पनि सुत्ने बानीमा असर गर्छ । यदि तपाईंले टेलिभिजनमा केही हेर्दै हुनुहुन्छ भने त्यसले तपाईंको प्राकृतिक तनावको मात्रा बढाउन सक्छ । विशेष गरी फिल्म वा थ्रिलर हेर्दा, त्यसले हाम्रो मानसिक अवस्थामा परिवर्तन ल्याउँछ । स्मार्टफोन वा ट्याब्लेटको पनि त्यस्तै हो । विशेष गरी सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा त्यसले निद्रामा असर गरिरहेको हुन्छ । विशेषज्ञहरु शयन कक्षलाई ‘नो टेक्नोलोजी जोन’ बनाउने प्रयास गर्न सुझाउँछन् ।
६) सुत्ने बेला तरल पदार्थ पिउने
सुत्ने बेलामा मदिराजन्य र अन्य पदार्थ पिउनाले पनि निद्रालाई असर गरेको हुन्छ । कसैलाई मदिरा पिउनाले राम्रो निद्रा पर्छ भन्ने भ्रम रहेको हुन्छ । तर, यो सत्य होइन ।
७) बेलुकाको खाना ढिलो खाने
समयमा निद्रा नपर्नुको अर्को कारण बेलुकाको खाना ढिलो खानाले हो । यदि तपाईंलाई निद्रामा समस्या छ भने, डिनर चाँडै खानुहोस् । खाना खानासाथ सुत्नु पनि स्वास्थ्यका लागि राम्रो नहुनाले बेलुकाको खानेकुरा चाँडो खानु राम्रो हुन्छ ।
८) हल्लामा सुत्ने
हल्ला भनेको सवारी साधनको आवाज, रोइरहेको बच्चा वा छिमेकमा भएको हल्ला हुन सक्छ । यसले गर्दा मस्त निद्रामा असर गरेको हुन सक्छ । त्यसैले, सुत्ने बेला सकेसम्म हल्लाबाट टाढा रहनु राम्रो हुन्छ । यदि हल्लाबाट टाढा रहन सम्भव भएन भने कानमा केही लगाएर सुत्दा राम्रो हुन्छ ।
९) तातोमा सुत्ने
जाडो महिनामा हिटर वा इलेक्ट्रिक ब्ल्याङ्केट चलाएर सुत्नाले पनि निद्रामा समस्या हुन सक्छ । धेरै तातोभन्दा ठिक्कको तापक्रम भएको बेडरुम उपयुक्त हुने अनुसन्धाताहरु बताउँछन् । बेडरुमको तापक्रम १५ देखि १९ डिग्री सेल्सियस हुनु राम्रो मानिन्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger