मलेसियामा अवैधानिक कामदारले भरिए थुनुवा केन्द्रहरु, दुव्यर्वहार नगरेको मलेसियाली अधिकारीको दावी ..........भिडियो हेर्न तल क्लिक गर्नुहोस..
क्वालालम्पुर - मलेसियामा अवैधानिक रुपमा कार्यरत विदेशी कामदार पक्राउ अभियानलार्ई तिव्र बनाइएपछि हाल थुनुुवा केन्द्रमा मान्छे राख्ने ठाउँ नभएको सरकारका एक मन्त्रीले बताएका छन् । मलेसियाका उपगृहमन्त्री दातुक नुर जालान अहमदले खोजतलाश तथा पक्राउ अभियानमा पक्राउ परेका व्यक्तिलाई उनीहरुको देश समयनै फर्काउन नसक्दा थुनुवा केन्द्रहरु भरीभराउ भएको बताएको मलाया मेलले समाचार लेखेको छ । उनका अनुसार मलेसियाका १४ वटा त्यस्ता घरफिर्ति केन्द्रमा विभिन्न देशबाट आएर मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदार छन् ।
उपगृहमन्त्री अहमदका अनुसार मलेसियाले त्यसरी अवैधानिक रुपमा बसिरहेका कामदार पक्राउ परेपछि उनीहरुलाई स्वदेश फर्किन एकतर्फी हवाई टिकट दिने व्यवस्था सन् २०१४ मा बन्द गरेपछि त्यस्ता घरफिर्ति केन्द्रहरुमा भीड बढेको बताए ।
त्यसरी थुनामा रहेकाहरुले या त घरबाट रकम मगाएर टिकट काटेर फर्किनु पर्छ वा उनीहरुको दुतावासले हवाई टिकटको व्यवस्था गरिदिनु पर्छ, जसका कारण उनीहरु लामो समयसम्म घर फिर्ति केन्द्रमा रहन्छन् अहमदले भनेका छन् । सन् २०१४ अघि मलेसिया सरकारले नै हवाई टिकट उपलव्ध गराउँदा त्यसरी पक्राउ परेका व्यक्तिलाई घर फर्काउने काम छिटो हुने गरेको उनले बताए ।
घरफिर्ति केन्द्रमा मान्छे राख्ने ठाउँ नभएपछि कतिपय ठाउँमा थप केन्द्रहरुको समेत व्यवस्थ ागर्न थालिएको छ । पेनाङ अध्यागमन विभागले त्यसरी नै नयाँ केन्द्र थप गर्न लागेको समाचारमा जनाइएको छ । जुरुको ५ सय जना राख्न मिल्ने घररफिर्ति केन्द्रमा हाल थप मान्छे राख्ने अवस्था नभएको र बेलान्टिक केद्धा तथा लाङकाप पेराकमा पनि क्षमता भन्दा धेरै थुनुवा भएको समाचारमा उल्लेख छ ।
मलेसियामा यसरी पक्राउ परेका व्यक्तिलाई अत्यन्त अमानविय व्यवहार गरिने कुरालार्ई पनि मलेसियाली अधिकारीहरुले खण्डन गरेका छन् । उनीहरुले पक्राउ परेका व्यक्तिको स्वास्थ्य परिक्षण गरिने र विरामी व्यक्तिलाई थुनुवा केन्द्रमा नलगि अस्पताल लगिने गरेको बताएका छन् । यसैगरी सरकारी अस्पतालबाट नियमित रुपमा चिकित्सकहरु आएर घरफिर्ति केन्द्रमा थुनुवाको परिक्षण गर्ने गरेको उनीहरुको दावी छ । कुनै निश्चित देशको आधारमा कसैलाई पनि भेदभाव नगरिएको समेत उनीहरुको भनाई छ ।
केहि समययता आप्रवासी कामदार प्रति अनुदार हुँदै गएको मलेसिया प्रति कामदारको हकहीतका पक्षमा काम गर्ने अन्तराष्ट्रिय संघसंस्था पनि खुसी छैनन् । यसैगरी नेपालले निःशुल्क भिषा र टिकटमा मात्र कामदार पठाउने निर्णय गरेपछि मलेसिया पनि नेपालीको साटो बंगलादेशी र हालै सुरक्षागार्डमा श्रीलंकाबाट कामदार लिने योजनामा छ । त्यसैले मलेसिया नेपालीका लागि पछिल्लो समयमा तेश्रो मुख्य गन्तव्यमा झरेको छ । ७ महिना अघिसम्म पनि मलेसिया नेपालीको पहिलो मुख्य गन्तव्य थियो ।
तस्वीरः ईण्टरनेटबाट सान्दर्भीक रुपमा राखिएको हो ।
यसलाई अरु साथिहरुसँग शेयर गर्नुहोस्
लेबल:
News