के तपाईलाई आफ्नो स्तनको आकारबाट खिन्नता छाएको छ ? जानिराख्नुस, स्तनलाई उचित आकारमा सजाउने ८ तरिका
एजेन्सी, तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः
लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस
लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तननको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ ।
पुराना ब्रा फालिदिनुहोस
बारम्बार धोएपछि तपाईको ब्रामा राखिएको रबर धोल्लिएको हुन्छ । धोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ । हेल्थ नामक एक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार धोल्लो ब्रा लगाउदा स्तन, घाँटी, र काँधमा पीडा हुन्छ । तसर्थ तपाईले लगाएको ब्रा धोल्लिएको छ भने अब मिल्काइदिए नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।
रौ नफाल्नुहोस
कसैको स्तनको मुन्टोमा रौ पलाएको हुन्छ जसका कारण महिलाले स्तनको रौ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न जर्नल अफ फिजिकल एक्टीभिटी एन्ड हेल्थले सुझाब दिएको छ ।
लेबल:
Entertainment