Latest Updates :

उत्तर कोरियालाई पुटिनको सन्देश- सम्हालिने कि आक्रमण सहने...भिडियो हेर्न तल क्लिक गर्नुहोस.....

SHARE THIS POST :

२७ फागुन, एजेन्सी ।उत्तर कोरयाले निरन्तर आक्रामक ब्यवहार देखाएपछि रुसले कडा चेतावनी दिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्हालिन वा आक्रमण सहन उत्तर कोरियालाई चेतावनी दिएका छन् ।

रुसी विदेश मन्त्रालयले उत्तर कोरियालाई एक पत्र लेख्दै पुटिनको तर्फबाट यस्तो चेतावनी पठाएको हो ।आक्रामक ब्यवहार जारी राखे उत्तर कोरियाले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी रुसले दिएको छ ।

दक्षिण कोरियालाई परमाणु हतियारले आक्रमण गर्ने चेतावनी उत्तरले दिएपछि रुसले यस्ता चेतावनी सहन नसक्ने बताएको हो । यस्ता चेतावनीलाई अन्तराष्ट्रिय समुदायले टुलु टुलु हेरेर बस्न नसक्ने रुसको भनाइ छ ।

उत्तर कोरियाले आफ्नै ब्यवहारका कारण आफ्नै घरमा आक्रमण हुने अवस्था बनाइरहेको रुसले टिप्पणी गरेको छ । रुसले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यासप्रति पनि असन्तुष्टि जनाएको छ ।उता अमेरिका र दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास शुरु गरे लगत्तै उत्तर कोरियाले २ छोटो दुरिका क्षेप्यास्त्र प्रहार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पूर्ण बाणिज्य विनिमय सम्झौता अन्त्य भएको घोषणा गर्दै उत्तर कोरियाली क्षेत्रमा रहेको दक्षिण कोरियाको सम्पूर्ण सम्पति रोक्का गर्ने जानकारी पनि दिएको छ ।

उत्तर कोरियासँग ठूलो संख्यामा छोंटो दुरीका क्षेप्यास्त्र रहेको बताइन्छ । विहीबार प्रहार गरिएको क्षेप्यास्त्र दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्र भन्दा ५०० किलो मिटर टाढा खसेको बताइएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger