के तपाईँलाई थाहा छ? पेनको बिर्कोको टुप्पामा हुने त्यो सानो प्वाल के-को लागि हो?....भिडियो हेर्न तल क्लिक गर्नुहोस....
हामीले दैनिक देखिरहने तर त्यति मतलब नगर्ने कुराहरूमा ‘पेनको बिर्कोको टुप्पामा हुने प्वाल’ पनि पर्दछ। साँच्ची नै, पेन भनेको त धेरैले नियमित प्रयोग गरिराख्ने साधन हो, तर बिर्कोको टुप्पामा हुने त्यो सानो प्वाललाई सायद कसैले पनि त्यति ध्यान दिँदैनन् होला। चाहे त्यो ५ रुपैयाँ वाला पेन होस् या २५ रुपैयाँ वाला, कुनै-कुनै बाहेक, अधिकांश पेनको बिर्कोको टुप्पामा सानो प्वाल हुन्छ।
कसैले भन्छन्, “यो त पेन उद्योगको चलखेल हो, त्यो प्वालले पेनको मसीलाई चाँडै सिद्ध्याउँछ।”
एक हिसाबले सोच्दा यो सहि कुरो झै लाग्छ। बिर्कोको टुप्पामा भएको प्वालले पेनको निबमा भएको मसीलाई सुकाँदछ अनि हरेकचोटि बिर्को खोलेर लेख्न खोज्दा गाह्रो हुन्छ। कतिपयले विश्वास गर्छन् पेन उद्योगहरूले जानीजानी पेनको मसी सिद्ध्याउनको लागि त्यो प्वाल राख्ने गर्छन्, ताकी धेरै पेन किन्न परोस्। तर, के त्यसो होला र?
विज्ञानमा चासो राख्ने भन्छन् “पेनको बिर्को लगाउने र खोल्ने गर्दा भित्रको चापलाई नियन्त्रण गर्न त्यो प्वाल राखिएको हो। ताकि सजिलो संग बिर्को लगाउन सकियोस्”
यो पनि गलत त होइन। त्यो प्वालले बिर्कोभित्रको चापलाई नियन्त्रण गर्दछ, त्यसैले नै बिर्को खोल्न र बन्द गर्न सजिलो हुन्छ। बिर्को लगाउँदा प्वालबाट हावा बाहिर निस्कन्छ अनि बिर्को खोल्दा हावा भित्र छिर्दछ। यसो हुँदा सहज तरिकाले बिर्को खोल्न अनि लगाउन सकिन्छ। तर फेरि कुनै पेनको बिर्कोलाई टोकेर कच्याककुचुक बनाउन पनि त मिल्छ, त्यसो गर्दा बिर्को लगाउन र खोल्न खासै अप्ठ्यारो पनि हुदैँन।
तर खासमा के कारणको लागि बिर्कोको टुप्पामा प्वाल राखिएको त? कसरी सुरुवात भयो यसको?
संसारको सबैभन्दा पुरानो अनि चर्चित बलपेन भनेको ‘बिक क्रिस्टल’ (Bic Crystal) थियो, जसको डिजाइनसंगै त्यो सानो प्वाल राख्न सुरुवात भएको थियो।
साना-साना नानीबाबुहरूले निल्ने साधारण वस्तुमध्ये ‘पेनको बिर्को’ पनि एक हो, जसको कारण घाँटीमा अड्किएर बच्चाको मृत्यु पनि हुन सक्छ। यहि कारणले गर्दा नै उक्त पेनको डिजाइनरले बिर्कोको टुप्पामा प्वाल राखेका थिए। किन त भन्दा, यदि कथमकदाचित कसैले बिर्को निलिहालेमा, त्यसमा भएको प्वालले हावालाई ओहोरदोहोर गराउनेछ र स्वासप्रश्वासमा बाधा पुग्नेछैन।
आखिरमा, पेनको बिर्को टोक्ने बानी त सबैको हुन्छ, जुन राम्रो बानी पनि त होइन, होइन र?
लेबल:
Amazing