जब यस्तो दर्दनाक अवस्थामा पुगे बलिउडका सेलिब्रेटी.....हेर्नुहोस....
ग्ल्यामरको रमझम जति उज्यालो हुन्छ, त्यसको अध्यारो पाटो पनि उस्तै गाढा हुन्छ। एक समयका स्टारहरू कतिखेर गुमनाम हुन्छन्, यसको समय रमझमको दुनियाँले भविष्यवाणी गर्न सक्दैनन्। यही दुनियाँ राजा बनेकाहरू रंक बनेका थुप्रै इतिहासहरू छन्। बलिउडको दुनियाँमा पनि यस्ता पात्रहरू भेटिन्छन्। बलिउडमा एक समयमा चम्केका 'स्टार'हरू पछि 'ब्ल्याक होल' बनेका थुप्रै उदाहरणहरू छन्। बलिउडमा कुनै समय आफूलाई चम्काएका स्टारहरू समयको प्रवाह उल्टो भएपछि केहि भिखारी बने भने केही पागलखाना पुगे। कति चोरी गर्दै गर्दा पनि समातिएका छन्। त्यस्तै बलिउडको झिलमिलमा चम्किएका र पछि गुमनाम हुन पुगेका केहि बलिउड स्टारहरूको सुचि यस्तो छ:
१. जगदिश माली: बलिउड नायिका अन्तरा मालीका पिता कुने समय बलिउडका चर्चित फोटोग्राफर थिए तर समय यस्तो आयो उनी सडकमा भीख माग्दै गरेको अवस्थामा भेटिए। यसले यस उद्योगको अर्को एउटा पाटोलाई सार्वजनिक गरिदियो। भीख माग्दै गर्दा उनलाई बलिउड अभिनेत्री एवम् मोडल मिकं बरारले सडकमा भेट्टाइन्। उनले मालीलाई खाना कुवाएर सलमान खानको कारमा घर पुर्याएकी थिइन्। उनी मानसिक रूपमा विरामी अवस्थामा भेटिएका थिए। उनको सन् २०१३ मा निधन भयो।
२. गीताञ्जली नागपाल: बलिउडका कैयन चर्चित डिजाइनरको लुगामा र्याम्पमा उत्रेकी नागपल पनि सडकमा भिख माग्दै गर्दा भेटिएकी थिइन्। कुनै समय सुस्मितासँग र्याम्प सेयर गरेकी नागपाल दुरव्यसनको लतमा यसरी फसिनकी उनी घरेलु सहयोगीका रूपमा समेत काम गर्न बाध्य भइन्।
३. परविन बाबी: दीवार, नमक हलाल, शान तथा अमर, अकबर एन्थोनी जस्ता फिल्मकी मुख्य अभिनेत्री आफ्नो जीवनको अन्त्यमा एक्ले परिन्। उनी गुमनाम थिइन्। मानिसक तनाव भोगेगी परविन आखिरमा आफ्नो फ्ल्याटमा मृत भेटिइन्। जब उनलाई मृत भेटिएको थियो, त्यतिबेला उनको निधन भएको ३ दिन बितिसकेको थियो।
४. भारत भूषण: कुनै समय धार्मिक फिल्मबाट सर्वाधिक सफल बनेका अभिनेताको जीवनको अन्त्य पनि दु:खदायी भयो। काम नपाएपछि उनी पैसाको कमीका कारण एक फिल्म स्टुडियोमा चौकीदारसमेत बन्न बाध?य भए। मिनाकुमारीसँग अफयर चलेपछि उनको करियर ओरालो लागेको बताइन्छ। उनको निधन अभावकाबिच सन् १९९३ मा भयो।
५. अचला सचदेव: 'वक्त' फिल्मबाट चर्चा बटुलेकी अचला सचदेव सन् २००२ मा पतिको निधन भएपछि एक्लै परिन्। उनले कुने हेरचाह पाइनन्। अमेरिका बस्ने छोरा र मुम्बई बस्ने छोरीसमेत उनको साहारा बन्न सकेनन्। एकदिन पानी लिन जाँदा लडेर तिघ्राको हड्डी भाँचिएपछि उनले बलिउडका आफ्ना साथीहरूसँग फोन गरेर सहयोग मागिन तर कोही उनलाई सहयोग गर्न आएनन्। आखिरमा उनले च्यारिटी गर्ने गरेको जनसेवा फाउन्डेसनले उनलाई सहयोग गर्यो। त्यहि संस्थाले उनको सम्पूर्ण उपचार गर्यो।
६. ए. के हंगल: बलिउड फिल्ममा चरित्र अभिनेताका रूपमा प्रशिद्दि बटुलेका ए के हंगलले पनि जीवनको अन्तिम अवस्थामा आर्थिक अभावबाट गुजरिए। बिरामी हुँदा आफ्नो उपचार गर्न असमर्थ रहे। उनका छोराले पनि हात उठाए। पछि उनलाई आमिर खान र अमिताभ बच्चनले सहयोग गर्ने जनाए। सन् २०१२मा ९५ वर्षको उमेरमा उनको निधन भयो।
७. राज किरण: 'अर्थ' फिल्मका लागि चर्चित अभिनेता एकाएक गुमनाम भए। सन् २०१० मा उनी अमेरिकाको पागलखानमा वर्षौदेखि रहेको पत्ता लाग्यो। यहाँसम्मकी उनका नजिकका साथीभाइले उनी मरेको हल्लासमेत फिजाए।
८. ओपी न्यौर: प्रशिद्ध बलिउड संगीतकार ओपी न्यौरको सन् २००७ मा निधन भयो।जीवनका अन्तिम दिनमा उनी चरम आर्थिक अभावमा परे। उनी अत्यधिक रक्सी खन्थे। एक फ्यानले उनलाई आश्रय दिएका थिए। अन्तरवार्ता लिन आउनेहरूसँग उनी रक्सी खान पैसा माग्ने गर्थे।
९. भगवान दादा: अभिनेता एवम् निर्देशकका रूपमा चर्चित भगवान 'अलबेला' फिल्मका लागि विशेष चर्चित छन्। उनको अभिनयबाट बलिउडका अभिनेता अमिताभ बच्चनसम्म प्रभावित थिए। उनी पनि गरिबीसँग संघर्ष गर्दागर्दै बिते।
१०. सतिश कौल: हालेका दिनमा एक तस्विर भारतमा भाइरल बन्यो। तस्विरमा कुने जमानाका चर्चित र सयौं बलिउड फिल्ममा काम गरेका सतिश कौल अस्पतालमा भर्ती भइको खबर आयो। उपचारमा गरिबी देखा परेको खबरहरू सार्वजनिक भए। कुनै समय पंजाबी फिल्मका अमिताभ बच्चन भनिने सतिशको जीवन दु:खद नै बितिरहेको छ।