कुनैपनि गीत तयार हुन्छन् र ति गितलाई आम दर्शक र स्रोतामा पु¥र्याउनका लागी म्युजिक भिडियो बनाउने गरिन्छ । म्युजिक भिडीयोमा गीतको भाव र सन्देशलाई दृश्यमा उतार्नेहो र जति गहिँरो आकर्षक ढगंवाट भिडीयोमा त्यो भाव व्यक्त गरिन्छ, उत्तिकै म्युजिक भिडीयो राम्रो वन्न पुग्छ । तर, भद्रगोल यहिनिर निकै डरलाग्दोगरि वढिरहेको छ ।म्युजिक भिडियो विकृतिको क्षेत्र भइरहेको छ । जो पनि अनि जस्तो पनि मोडल वनिरहेका छन् ।
क्षमताले भरिएका पछि पर्दैछन्, क्षमताविहीन मोडलहरु छ्याप्छ्याप्ती छ यो क्षेत्रमा । क्षमता र योग्यता केही पनि नखोजिने सजिलो पेशा ‘मोडलिङ’ वनिरहेको छ आजभोली । साच्चीकै भन्नेहो भने यो क्षेत्रमा नयाँ मोडल ‘पैसा र सेक्स’ को वार्गेनिङले अत्तालिएका छन् भने नयाँ युवकहरु पैसा खन्याउँदा आजित छन् । मोडलहरू श्रम र शारीरिक शोषणमा परिरहेका छन् भने अर्कातिर मोडल बन्नका लागि जे गर्न पनि तयार हुनेहरूको कमी पनि छैन यो क्षेत्रमा ।
बुटवलमा वसि म्युजिक भिडीयोमा व्यस्त वन्दै आएकी अन्शु भुषाललाई अहिलेसम्म कतिपटक सेक्सको प्रस्ताव आएको छ भन्ने कुरा टिपेर राख्या भए, एक पेज पुरा हुन्थ्यो होला, जुन कुरा उनी आफैले भनेको कुरा हो । गितमा अभिनय गराउने नाममा, चर्चित र लोकप्रिय वनाईदिने नाममा उनीसँग धेरैपटक पैसा र सेक्सको वार्गेनिङ गरिएको छ । केही पटक पैसा खन्याएको वताउने उनले आफ्नो शरिर चाहि कसैलाई अहिलेसम्म नसुम्पिएको वताउँछिन् ।
नयाँ मोडललाई यो क्षेत्रमा निकै गाह्रो रहेछ भन्ने महसुस गरेकी छु, उनले भनिन, –‘केही दिन अघि कान्तीपुर साप्ताहिकमा तस्विरसहित समाचार छाप्नका लागी २५ हजार रुपैया दिनुपर्ने यदि त्यो भएन भने एक रात म सँग सुत्नुपर्छ भनेर एकजनाले भने, मैले त्यो कुरा ठाडै अस्विकार गरिदिए ।’ अन्सु भुषालले अहिलेसम्म नृत्यका लागी धेरै कार्यक्रममा हिड्ने गर्छिन् भने अहिले पछिल्लो एक वर्षदेखी मोडलिङ क्षेत्रमा संघर्षरत छिन् । यहि क्षेत्रका निर्देशक, कलाकारहरु र केही मिडीयासँग नजिक रहेका मान्छेले समेत सेक्सको प्रस्ताव गरेको उनले वताउँछिन् ।
म्युजिक भिडीयोमा अभिनय गर्ने कुरा पक्का हुन्छ र भोली छायाँकन हुनेहो भने त्यसभित्रको कोही न कसैले अघिल्लो साझँ अप्रत्यक्ष रुपले सँगै सुत्न वोलाउँछन्, उनले भनिन, –‘अभिनय र क्षमताले हैन सेक्स, पैसाको पावरले मात्रै अगाडी वढ्न सकिदोरहेछ भन्ने महसुस हुदैछ मलाई, तर म पैसा केही कसैलाई सहयोग गरेपनि कसैलाई शरिर चाहि सुम्पनेछैन ।’फेरी कुरा यहाँनिर अलिकति फरक पनि छ । अन्सु भुषालले यो कुरा हामीलाई वताईरहँदा उनले पछिल्लो समय एकाएक नाङ्गो फोटोसुट गराएकी छिन् । तिनाउ खोलाको आसपास र वुटवलको कुनै एक क्याफेमा खिचाएका उनका ति तस्विर हेर्दा जो कसैले पनि एक पटक जिव्रो टोक्न वाध्य हुन्छन् ।
payal_sharmaयस विषयमा उनि भन्छिन्, –‘देखाउन हुने र लुकाउनुपर्ने लुकाएकी छु, अलिकति ग्ल्यामर त हुनुप¥र्यो, नराम्रो केही गरेकी छु जस्तो लाग्दैन ।’ यद्यपी उनलाई नजिकवाट वुझेका एकजना कलाकर्मी भन्छन्, –‘मोडल उस्तै छिन्, यत्तिको वार्गेनिङ हुनु स्वभाविकै पनि हो ।’ नृत्यसम्वन्धी राम्रो कला छ, अभिनय पनि गर्न सक्छु, तर मैले निरन्तर आफ्नो हिसावले मोडलिङ क्षेत्रमा अघि वढ्न यहि क्षेत्रका मान्छेलाई शरिर सुम्पन वाध्य वनाईएको छ, अन्सु भन्छिन्, –‘तर जर्वजस्ती नगरेपनि अनावश्यक निरन्तर यस्तो खालको हर्कत अव चाहि रोकीनुपर्छ, कला क्षेत्र साह्रै व्यईज्यतको पेशा हुन थालेको जस्तो महसुस हुन थाल्यो ।’
नेपालमा वर्षेनी कति म्युजिक भिडियो बन्छन् ? त्यसको आधिकारिक तथ्यांक छैन । तर, युट्युबमा गन्ती गर्दै जाने हो भने वर्षमा कम्तीमा पाँच सयभन्दा बढी भिडियो निर्माण भएका पाईन्छ । न्यूनतम २० हजारदेखि तीन लाख रुपैयाँसम्मका भिडियो निर्माण भइरहेको यहि क्षेत्रसँग नजिक रहेकाहरु वताउने गरेका छन् । खासमा यो क्षेत्रमा कुनैपनि नयाँ मोडल आउँछन् भने उसलाई मौकामा चौका हान्नेहरुको कमी नरहेको यहि क्षेत्रका जानकारहरु वताउँछन् भने नयाँ मोडलहरुले यो कुरा स्विकार्छन् ।
कतिपयले निर्देशक, मोडल वा कस्ले यो क्षेत्रमा ल्याएको हो उसको वेड तताउँछन् भने कतिपय कठो रुपले अस्विकार गर्ने गरेका छन् । सेक्स अस्विकार गर्नेहरुका लागी अर्को समस्या छ । यदि सेक्सको प्रस्ताव आउँछ त्यो स्विकार गरिएन भने अधिक मात्रामा पैसा मागीन्छ त्यो कलाकारवाट, यदि पैसा पनि दिन सकिएन भने निकै दुःख गरेर छायाँकन भएको त्यो म्युजिक भिडीयो यत्तिकै वाहिर नल्याउने अथवा त्यो मोडललाई विस्थापित गरेर अरु मोडल ल्याउनेसम्मका कामहरु यहाँ भैरहेको यो क्षेत्रको वारे जानकार लक्की प्रदिप वताउँछन् । उनि भन्छन्, –‘सामान्य कोही मोडल यो क्षेत्रमा आफु सहि तरिकाले काम गर्छु भनेपनि वाहिरवाट हेर्ने नजर वर्वाद हुदै गएको छ, सम्मानित पेशा हुन छाडिसकेको छ यहाँ ।’
हेर्दा रंगिन देखिने अधिकांश भिडियोको पछाडि एउटा अँध्यारो कहानी लुकेको पाइन्छ, यथार्थ कुरा यहि हो की म्युजिक भिडीयो क्षेत्रलाई मोज मस्ती र रमाईलोको लागी आउनेहरुको सख्याँ वढि छ यहाँ । यस क्षेत्रको विकृतीलाई रोक्ने सम्वन्धीत निकाय कोही छैन यहाँ । भिडियो निर्माण र लगानी बढेसँगै म्युजिक भिडीयो क्षेत्रमा व्याप्त रुपमा विकृति वढेको छ । दिनानुदिन म्युजिक भिडियोमा नयाँ–नयाँ मोडल देखिइरहेका छन् तर, वर्षमा क्षमता भएका चाहिँ एक दर्जन पनि देखिँदैनन् । यसमा सहमत छन्, निर्देशक तथा मोडल आयुव के.सी. । उनले अहिलेसम्म ४० वटा म्युजिक भिडीयो वनाईसकेका छन् भने १ सयको हाराहारीका गितमा अभिनय गरेका छन्, सुरुमा केही वढि प्रोफेस्नल मोडलसँग काम गरेपनि पछिल्लो समय केही नयाँ मोडलसँग पनि काम गरेको वताउने उनले समयको परिवर्तनसँग नयाँ मोडलहरुको सख्याँ वढेको तर आश गरिएका मोडलहरु क्षणभरमै हराउने गरेको उनको अनुभव छ ।
प्रोफेस्नल मोडल भन्दा नयाँ मोडललाई अभिनय गराउँदा पैसा पनि कम लाग्ने र उस्तै परेको खण्डमा उनिहरुसँग पनि पैसा झार्न सकिने भएकाले नयाँ युवति मोडललाई यो क्षेत्रमा ल्याउनेहरुको पनि टिम छ भनिन्छ यो क्षेत्रमा । नयाँ मोडलसँग पैसा झार्ने र उल्टै उनिहरुलाई शारिरीक शोषण गर्नेहरुको ठुलो सञ्जाल पनि छ, तर सम्वन्धीत कोही छैन यसलाई तोड्नेवाला । त्यसैले यसलाई गम्भीर रूपमा लिन आवश्यक छ । पछिल्लो समय यहाँ मोडलिङ र अभिनयलाई सजिलो पेशाका रूपमा लिइँदै छ भने मोडल या कलाकार हुनलाई योग्यता हुनुपर्छ भन्ने नै कहि देखिदैन ।
त्यसो त मोडल आयुषा राईले एक वर्षअघि म्युजिक भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले गरेको यौनप्रस्ताव फेसबुकमार्फत बाहिर ल्याइदिएर यो क्षेत्रको विकृति उदांगो पारिदिएकी थिइन् । पछि ति निर्देशक चुपचाप रहे भने नायीका आयुषा विस्तारै अस्टे«लिया हानिईन् । उनले त्यतिवेला भनेकी थिईन, यो क्षेत्रमा नयाँ मोडललाई टिक्न निकै गाह्रो रैछ । उनले कोइरालाको एक म्युजिक भिडियोमा काम गरेकी थिइन् । जसको पारिश्रमिक माग्ने क्रममा उनलाई ती निर्देशकले ‘मैले भनेको मान्यौ भने तीन महिनामा स्टार बनाइदिन्छु’ सम्म भनेका थिए । के गर्नुपर्ने ? भनेर सोध्दा सीधै ‘मसँग सुत्नुपर्छ, त्यो पनि बेडमा फिलिङ्ससहित’ भनेर निर्देशक कोइरालाले प्रस्ताव गरेको त्यतिबेला आयुषाले सञ्चारमाध्यमलाई बताएकी थिइन् ।
नयाँ मोडलहरु भन्ने गर्छन्, यो क्षेत्र गलत नियत भएका म्युजिक भिडियो निर्माता र निर्देशकका कारण बदनाम भइरहेको छ । नयाँ मोडललाई निर्माता र निर्देशक कतिसम्मको शोषण गर्न खोज्छन् ? यसको तीतो अनुभव मोडल काजल खनालसँग पनि छ । बच्चैदेखिको अभिनय सपनालाई साकार पार्न यो क्षेत्रमा आइपुगेकी उनि अहिलेसम्म आफुले म्युजिक भिडीयोका लागी पैसा तिरेकाले सिधै सेक्सको प्रस्ताव राख्ने कोही छैन, तर अप्रत्यक्ष रुपले भने भैरहेको स्विकार्छिन् उनि ।
Ranginउनले सुरुमा वुटवलमा निर्देशक विष्णु भट्टराईसँग ३० हजार रुपैया तिरेर म्युजिक भिडीयोमा काम गरेको वताईन । त्यसपछि अर्को दोस्रो गितका लागी उनले २५ हजार र तेस्रोको लागी १५ हजार खर्च गरेको गरेकी थिईन । निरन्तर पैसानै खर्च गरेर सुरुवातमा काम गरेको वताउने उनले काठमाण्डौंको वसाईमा भने पैसा नतिरेको वताउँछिन् । उनि भन्छिन्, –‘क्षमता भएको भन्दैमा अगाडी आउन निकै गाह्रो छ, कि त पैसा तिर्नुप¥र्यो कि त अरु केही सुम्पनुप¥र्यो, मैलै निरन्तर पैसानै खन्याएकाले अरु केही समस्या भएन, तर अरु धेरै नयाँ मोडललाई भने यो समस्या डरलाग्दो रुपले अगाडी वढेको छ ।’ भिडियो खेलाउँछु भन्दै आश्वासन दिनेहरु धरै निस्किन्छन् तर, नियत कसैको सफा देखिएन ।’
गायीका तथा मोडल प्रिया भण्डारी मोडलिङ क्षेत्रमा हिट वनाईदिन्छु भन्दै सेक्सको प्रस्ताव गर्नेहरु निकै वढि रहेको वताउँछिन् । यहाँ जस्ता खालका मान्छेहरु पनि छन्, ति मध्ये सयमा पाँच प्रतिशतमात्र सही छन् । यहाँ सबै लुट्ने मात्र छन् । निर्देशक, निर्माता र स्थापित मोडल अथवा अरु पुरुष जो भनौं, उनिहरुले भन्छन्, ‘तिमीलाई सपोर्ट गर्छु, स्टार बनाइदिन्छु तर केही कुरा चाहि मिलाउनुपर्छ ।’ मोडलिङ तथा गायन क्षेत्रमा आएपछि अहिलेसम्म दर्जनौं त्यस्ता प्रस्ताव आएका छन्, जस्लाई अस्विकार गर्दै आफ्नै संघर्षवाट अघि वढेको वताउँछिन् प्रिया । यस्तो प्रस्ताव आउनेहरुलाई के जवाफ दिनुहुन्छ ? उनले भनिन, –‘सरी, म आफ्नै कला र गलाले हिट हुन्छु, कसैलाई केही सुम्पिएर हिट हुनु छैन भन्छु, यस्ता प्रस्ताव त कति आउँछन् कति ।’
यसैविच म्युजिक भिडियोमा यतिबेला लगानीकर्ताको राज रहेको पाईन्छ । अधिकांश नयाँ अनुहार यहाँ पैसाको बलबुतामा आइरहेका छन् । न उनीहरू क्षमता भएर आएका छन, न अभिनय सिकेर । बस, पैसाको भरमा चर्चा र रमाइलोको लोभमा प्रवेश गर्नेहरु पनि छन् । ‘अभिनय र अनुहार दुवै नभएका अव्यावसायिक मोडल कि पैसा हालेर खेलिरहेका हुन्छन् कि निर्देशक÷निर्माताको सम्बन्धका कारण,’ एकजना निर्देशक भन्छन्, –‘नयाँ पुरुष पैसा खर्च गरेर यो क्षेत्रमा आउने र ‘अपोजिट मोडल’ सँग रोमान्स गर्ने ध्येय उनीहरूमा पाइन्छ ।’
डिजिटल मिडियाको विकासक्रमसँगै सस्तो लोकप्रियताका लागि लगानी गरेर मोडल बन्नेको संख्या पनि यो क्षेत्रमा निकै वढेको छ । ‘यहाँ पैसाको बलमा मोडल बन्ने पुरुष र महिला दुवै छन्, बुटवलमा रहेर म्युजिक भिडीयोमा काम गरिरहेकी मोडल पायल शर्मा भन्छिन्, –‘मैले अरु धेरैको कुरा सुनेकी छु, सेक्स र पैसाको प्रस्ताव आउने गरेको, यो काम तुरुन्त रोकीनुपर्छ ।’
मुख्य कुरा आफुमा क्षमता हुनुप¥र्यो, त्यसपछि जे पनि गर्न तयार छु मलाई म्युजिक भिडीयो दिनुप¥र्यो भन्नु पर्दैन उनले भनिन, –‘विशेषगरि महिला मोडलहरु विभीन्न क्षेत्रका मान्छेको सहन नसक्ने खालका प्रस्तावले आजित छन्, जुन कुरा रोक्न लाग्नुपर्छ ।’ उनका अनुसार यस्तो प्रस्ताव आएपछि कुरा उठाउन पनि सक्नुपर्छ वा आफ्नो नजिकको साथीहरुलाई पनि भन्नुपर्छ र केही हदसम्म रोकीन सक्छ । ‘नयाँ मोडल हो क्यारे, यसलाई जे मागेपनि जे भनेपनि हुन्छ भन्नेहरु छन्, त्यसकारण सवैभन्दा सुरुमा यो क्षेत्रका वारेमा राम्रोसँग ज्ञान वटुलेर आउन जरुरी छ’, उनले भनिन । यस्ता खालका उत्चृखल क्रियाकलापले इमानदारी र लगावसहित काम गर्ने मान्छेको इज्जत यहाँ घटिरहेको देखिन्छ ।
mayaluरंगिन दुनिँया यति कुराले मात्रै वर्वाद हुदै गएको छैन । झण्डैं १ डेढ वर्ष अघिको कुरा हो । कुनै एक होटलमा भाडा माज्ने एक युवति मोडलिङ क्षेत्रमा कहाँवाट पसिन् । उनलाई यहाँकै एकजना युवकले कोठा खोजीदिए, कोठामा चाहिने सवै समान जोडिदिए, आकर्षक डे«स सपिङ गरिदिए र आफ्नै जस्तै वनाएर यहाँको कुनै एक घरमा राखे । उनी अहिले यि युवतिसँगको सम्वन्धभन्दा वाहिर गईसकेका छन्, तर उनले केही समय अघि वताए अनुसार ति मोडलका लागी २ लाखवढि खर्च उनको गोजीवाट । सुरुमा खाजाखाने समेत पैसा थिएन उ सँग, सवै कुरा मैलेनै व्योहोरे, पछि मोडलिङ क्षेत्रमा आएर केही गित खेलेपछि अहमता वढाईन् उनले । उनले आफ्नो नाम नवताउने सर्तमा भने, –‘मोडलिङ क्षेत्रमा आउन अथवा चर्चित हुन जे पनि गर्न तयार हुने मोडलहरु पनि छन्, पछि आफ्नो स्वार्थ पुरा गरेपछि फरक तरिकाले अगाडी वढ्छन् उनिहरु ।’
रंगिन क्षेत्रमा विभीन्न क्षेत्रका मान्छेले मोडललाई सेक्सको प्रस्ताव गर्ने, हिट वनाईदिने नाममा पैसा माग्ने तथा हिट हुने र यो क्षेत्रमा टिक्नका लागी जे गर्न पनि तयार हुने मोडलहरुको कुनै कमि छैन । यस क्षेत्रका कलाकारहरुले यो कुरालाई सुधार गरि एउटा सम्मानित पेशाको रुपमा अगाडी वढाउन माग पनि गरेका छन् । सामान्य यस्ता खालका घटनाले सहि तरिकाले अगाडी वढ्ने मोडल, नायीकाहरु अथवा अरु कलाकर्मीले आफुलाई नराम्रो असर पुगेको समेत वताउने गरेका छन् ।
त्यसो त पैसा टन्न भएर सेक्स र मोजमस्तीका लागी कलाकारीता क्षेत्रमा आउनेहरुको पनि कमी छैन यहाँ । जग्गा व्यवसाय गर्ने, अरु विभीन्न व्यवसाय गर्नेहरु मोडलिङमा आउने तथा गित शव्द लेख्ने वा गितमा लगानी गर्ने वहानामा त्यो भिडीयोमा काम गर्ने नायीका वा मोडललाई निकै चुस्न खोज्नेहरु पनि यहि कलाकारीता क्षेत्रमा भेटिएको छ ।रंग पाेष्ट डटकमबाट