Latest Updates :

भारतमा सामुहिक बलात्कारकाे शिकार बनिन् १८ वर्षीया नेपाली किशाेरी...

SHARE THIS POST :


नोयडा । मंगलबार राती भारतको नोयडामा एक नेपाली किशोरी बलात्कृत भएकी छिन् । मंगलबार राति आफन्तको घरबाट आफ्नो कोठामा फर्कने क्रममा ति किशोरीको बलात्कार भएको नोयडा प्रहरीले बताएको छ ।

दिल्ली न्यु कोड्लीस्थित आफन्तको घरबाट सेक्टर ११ स्थित आफ्नो वासस्थान फर्कने क्रममा सेक्टर १० मा चिया पसल सञ्चालन गर्दै आएका दुई जनाले बलात्कार गरेका थिए । उनीहरुले ती किशोरीलाई समातेर आफ्नोचिया पसलमा लगि पालैपालो बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उनका १६ वर्षिया भाईले उक्त घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । दुई बलात्कारी विष्णु र अनिललाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । आरोपी अनिल र विष्णु आग्रा र फदिरावाद्का स्थाई निवाशी रहेको प्रहरीले जानकारी दिएको छ ।
आरेपीहरुलाई जेल चलान गरिएको र पीडितलार्इ मेडिकलमा जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ । पीडितका १६ वर्षिय भाई, आरोपित दुईको चिया पसलमा काम गर्दै आएका थिए । श्राेत – नेपाली पत्र 


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger