दशैंमा आन्तरिक हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ?....
काठमाडौं / आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो । सञ्चालक संघको बैठकले हवाइ भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा १९३ रुपैयाँ घटाइएको छ।
यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाइएको छ । निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।
नयाँ भाडा दरको हेर्नुहोस्
देखि सम्म घटेको शुल्क (रु.) नयाँ भाडा (रु.)
काठमाडौं पोखरा ८४ ४१४६
काठमाडौं भैरहवा १०१ ५१९५
काठमाडौं बिराटनगर १११ ५९४४
काठमाडौं भरतपुर ६१ ३०२४
काठमाडौं भद्रपुर १३५ ७२५०
काठमाडौं धनगढी १९३ १०४१२
काठमाडौं नेपालगञ्ज १४४ ७८११
काठमाडौं जनकपुर ७५ ३५२०
काठमाडौं माउन्टेन फ्लाइट १८५ ८८२५
काठमाडौं तुम्लिङटर १०१ ४८८४
काठमाडौं सिमरा ५३ २५९७
लेबल:
News