भारतीय नेता र प्रचण्डकै अगाडि नेपालकी ‘फस्ट लेडी’ सीताको उपरखुट्टी....
काठमाडौं, ३१ भदौ । विहीबार विहान ११ बजे भारत भ्रमणमा नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिनभरी भारतीय नेताहरु भेटघाट गरे ।
भेटमा प्रधानमन्त्री पत्नी एवं नेपालकी ‘फस्ट लेडी’ सीता दाहाल पनी सँगै थिइन् । त्यो दिन प्रचण्डले कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरीदेखि कांग्रेसका डिकी त्रिपाठीसम्मका नेतालाई भेटे ।
जब प्रधानमन्त्री प्रचण्ड डिबी त्रिपाठीलाई भेट्न पुगे तब त्यहाँ अनौठो दृश्य देखियो । जहाँ नेपालकी ‘फस्ट लेडी’ सीता उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । भनिन्छ आफूभन्दा ठूलो मान्छेका अगाडि उपरखुट्टी लगाउनु हुँदैन् । त्यसमा पनी महिलाले विशेष ख्याल गर्नुपर्ने बताइन्छ । तर, सीता आफ्ना पति मात्रै होइन् भारत चर्चित नेताकै अगाडि उपरखुट्टी लगाएर बसिरहेकी थिइन् ।
पहिलो दिन श्रीमतीको उपरखुट्टीले तनावमा रहेका प्रधानमन्त्री प्रचण्ड दोस्रो दिन शुक्रबार झनै अपमानित भए । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा सीताको अस्वभाविक र अमार्यादीत व्यवहारको कडा आलोचना भइरहेको छ ।
एक जना फेसबुक प्रयोगकर्ता अनमोल अविनाश भन्छन्–
‘कस्ती बेसरम् हराम् आइमाई भन्थे होलान् सीताको ठाउँमा अरू हुन्थे भनेँ तर, सुप्रिम कमान्डर प्रचण्डको परिवारसंग जोडिएका जस्तोसुकै घटना पनि कानुनमै छुट् हुन्छन् भने यहाँ कसैले बोल्नै सक्दैनन् । कुटनैतिक मर्यादा त थाहा भएन् रे तर प्रचण्ड पत्नी सिताले कस्तो संस्कार सिकेकी रहिछिन् ? भनिन्छ सन्तानलाई संस्कार सिकाउने जिम्मा विशेष गरि आमालाई नै हुन्छ तसर्थ बोट गुणाको फल रहेछन् प्रकाश दाहाल । गोलो घेरालाई नियाल्नुहोस् । के सीताको बस्ने तरिका त्यही हो ? राजकीय भ्रमणमा प्रधानमन्त्रीको पत्नीको रूपमा गएकी मान्छेको शिष्टता, संस्कार, नैतिक आचरण त्यही हो ? पयल्टी मारेर हात बाँधेर धुम्म परि बस्दा उनका आउरे भाउरे, धुपौरेलाई पच्यो होला तर स्वाभिमान नेपाली जनता आज सीताकै कारण विश्वसामु लज्जीत हुन विवश भएका छन् ।’\दैनिक नेपाल
लेबल:
News