Latest Updates :

झापामा भूतप्रेतले मानिसमाथि ढुङ्गा बर्साउँदा ४ जना घाइते, सर्वसाधारण आतङ्कित ....

SHARE THIS POST :





काँकडभिट्टा (झापा),  । पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ । पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् ।

स्थानीय ज्यामिरगढी–९ गोमनसरीमा एक सातायता चारवटा घरमा ढुङ्गा बर्सिन थालेपछि सर्वसाधारण आतङ्कित भएका हुन् ।

एक स्थानीयवासीले भने – “सुरुमा एउटै घरमा मात्रै ढुङ्गा बर्सिन्थ्योे, अहिले चारवटा घरमा पालैपालो बर्सिन थालेको छ ।”

नागपञ्चमीका दिन बेलुका ६ः३० बजे स्थानीय विमला निरौलाको घरमा ढुङ्गा बर्सिएको थियो तर अहिले नरबहादुर निरौला, कमल निरौला, तुलसा बढाथोकीका घरमा पनि ढुङ्गा बर्सिन थालेको छ ।

ढुङ्गाले लागेर स्थानीयवासी तुलसा बुढाथोकी, तारा निरौला र मञ्जु कार्की घाइते भएका छन् । अदृश्य रुपमा आउने ढुङ्गाले आतङ्कित बनेपछि सतीघट्टा प्रहरी चौकीका इञ्चार्जको टोलीले सुरक्षा दिइरहेको छ ।

दैनिकजसो भेला भएका स्थानीयवासीले ढुङ्गा कहाँबाट कसले हान्छ भन्ने विषयमा खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

स्थानीय धामी दीर्घबहादुर बुढाथोकीले ढुङ्गा भूतप्रेतले हानेको दाबी गर्नुभएको छ । रासस

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger