तपाईले विश्वमा निकै अनौठो कहानी र समाचारहरु पढ्दै अाउनु भएको होला । त्यस्तो अनौठो खबरमा कहिले एउटा शरिरमा दुईवटा टाउको भएको खबर सुन्नु भएको होला तर एउटा टाउकोमा दुई वटा व्यक्तिको अनुहार भएको भने तपाई नसुनेको हुन सक्छ । यो विश्वमा एउटा त्यस्ता व्यक्ति पनि थिए । कुनै एक समयमा दुईवटा अनुहार हुने व्यक्ति निकै चर्चामा अाएका थिए ।
इङ्ल्याण्डका हुन् यी व्यक्ति
इङ्ल्याण्डमा बस्ने एक व्यक्ति जसको नाम एडवर्ड मोर्दकै थियो जो आफ्नो दुई अनुहार र एउटा टाउको लिएर जन्मीएको थियो । तर उनि आफ्नो यस्तो अनौठो स्थितीबाट दुखीत थिए किनभने उनको दुई मुखवाला टाउकोमध्ये एक सुत्न खोज्थ्यो त अर्को अर्कै काम गर्न खोज्थ्यो । अर्को अनुहारले हाछ्यू गर्ने र हाँस्ने काम बाहेक अरु कुनै प्रतिक्रिया गर्ने थिएन ।
मानिसहरुले उनलाई राक्षसको रुप मानेका थिए
मानिसहरुले मोर्दकैको दोस्रो मुखलाई राक्षसको रुप मान्न सुरु गरेका थिए । मोर्दकैले दोस्रो अनुहारलाई हटाउनको लागि फरक फरक डाक्टरहरु सँग सर्जरीको लागि अनुरोध गर्दथे । तर कुनै पनि डाक्टर सर्जरी गर्न तयार हुने थिएनन् ।
अन्त्यमा अात्महत्या गरे
आफ्नो दुई अनुहारबाट चिन्तित भएका एडवर्ड मोर्दकैले २३ बर्षको उमेरमा अात्महत्या गरेका थिए ।