पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ।
.
यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब -(अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ।
.यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ।
.
सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ ः १. डिम्ब निष्कासन, २. यौ नसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपण। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ।
.
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ।
.
डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ |