कुन धातुको भाँडामा खाँदा कस्तो प्रभाव ? केही रोचक जानकारीहरु…
हामीले सेवन गर्ने खाद्यवस्तुहरुको असर हाम्रो स्वास्थ्यमा प्रत्यक्ष परिररहेको कुरा हामी सबैलाई थाहा छ । हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो कुनै मनगढन्ते या जनश्रृति होइन आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।
एल्युमिनियम र प्लास्टिकको भाडाकुँडा सस्तो र हलुँगो हुने भएकोले धेरैको भान्सामा यसैको प्रयोग भएको देखिन्छ तर यसले हाम्रो स्वास्थ्यमा नकरात्मक प्रभाव पारिरहेको हुन्छ ।
फलामको भाडाकुँडामा खाना पकाउदा या खाँदा हाम्रो शरीरमा फलाम तत्वको मात्रा बढ्छ जसले शरीरमा हेमोग्लोबीनको मात्रालाई ठिक राख्छ । साथै यसको प्रयोगले हाम्रो पेट र पाचनको समस्यालाई पनि निर्मूल गर्न मद्दत पुर्याउँछ । फलामका भाडाकुँडालाई शुभकार्यमा प्रयोग गरिन्छ र यसलाई दान गरेको खण्डमा भाग्य चम्किने विश्वास छ ।
पहिलेको समयमा मानिसहरु माटोका भाडाकुँडा प्रयोग गर्थे । यसमा खाना राख्दा स्वादिष्ट र पौष्टिक हुने बताइन्छ । आयुर्वेदले माटोको भाडाबाट पानी पिउँदा रोकमुक्त भइने बताउँछ ।
आयुर्वेदको अनुसार काँसका भाडाकुँडामा भोजना गर्दा दिमाग तेजिलो हुने बताइन्छ । त्यसैले सधै राती काँसको भाडामा पानी राख्नुहोस् र बिहानै उठेर त्यसलाई पिउनुहोस् । काँसमा ९७ प्रतिशत पोषक तत्व हुन्छ । त्यस्तै पित्तलको भाडामा खाना पकाउनाले कफ र वायुदोषको विमारीबाट मुक्त भइन्छ । साथै पित्तलका भाडाकुँडालाई भगवान् विष्णुलाई भोग अर्पण गर्न प्रयोग गरिएमा धन र समृद्धि प्राप्त हुने बताइन्छ ।
त्यस्तै चाँदी शीतल धातु भएकोले यसमा भोजन गर्नाले गर्मीमा शीतल मिल्ने र आँखा स्वस्थ रहने बताइन्छ ।
सुनको भाडाकुँडामा भोजन गर्नाले शरीरमा ताकत र फुर्ती रहन्छ । यसको प्रयोगले घरमा सधै लक्ष्मीको बास भैरहने बताइन्छ ।