राती आधा चम्चा भिजाएर राखिएको मेथिदाना बिहान खाँदा मिल्नेछ, यस्ता चमत्कारिक फाईदा
मथिदानामा प्रशस्त न्यूट्रीएन्ट्स पाईन्छ । यसलाई राती भिजाएर बिहान खाली पेट चपाएर खाँदा र बचेको पानी पिउँदा कयौँ स्वास्थ्य समस्याका लागि उपयोगी मानिन्छ । मेथीदानाले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, वात, कफ र ज्वरोको समस्याबाट छुटकारा दिलाउँछ । मेथिदानामा आइरन, क्याल्शियम, म्याग्नेशियम, पोटाशियम, सोडियम, जिंक, फोस्फोरस, फोलिक एसिड जस्ता मिनरल्सको साथै भिटामिन A, B, र C पनि पाईन्छ । यसको साथै यसमा भरिपूर्ण मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, शुगर, फोस्फोरस एसिड जस्ता न्यूट्रीएन्ट्स पाईन्छ ।
केवल आधा चम्मच मेथिदानाको १० फाइदा-
१-कमजोरी
मेथिदनाको नियमित सेवनले इन्फर्टिलिटी जस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी पनि राम्रो हुन्छ ।
२-हेल्दी किड्नी
मेथिदानाको सेवनले शरीरबाट विषाक्त पदार्थ निकालेर किड्नीलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।
३-ग्यास्ट्रिक समस्या
मेथिदनाको नियमित रूपमा सेवनले ग्यास्ट्रिक समस्याबाट बचाउँछ । पोल्ने र एसिडिटीको समस्या कम हुन्छ ।
४-शुगर नियन्त्रण
मेथिदानामा पाईने सोल्यूबल फाइबर्स ब्लड शुगरलाई नियन्त्रण गरी डायबिटीजको खतरालाई घटाउँछ ।
५-हर्ट अट्याकबाट बचाउँछ
मेथिदनामा पाईने गेलाक्टोमेनन र पोटाशियम BP नियन्त्रण र हर्ट अट्याकबाट बचाउन मद्दत गर्छ ।
६-डाइजेशन
भिजाएको मेथिदनाको सेवनले डाइजेशनमा सुधार आउँछ । कब्जियत लगायत अन्य समस्यालाई हटाउन मद्दत गर्छ ।
७-स्वस्थ त्वचा
मेथीदानाको सेवनले शरीरबाट विषाक्त पदार्थलाई निकालेर त्वचालाई स्वस्थ बनाउँछ । खटिरा-बिबिरा, डन्डीफोर जस्ता समस्याबाट बचाउँछ ।
८-कालो एवम् बाक्लो कपाल
दिनहुँ बिहान नियमित रूपमा भिजाएको मेथिदाना खाँदा कपाल चाँडो सेतो हुँदैन । कपाल झर्ने समस्या पनि रोकिन्छ ।
९-पाइल्स
मेथीदानाको सेवनले डाइजेशनमा सुधार ल्याउँछ, जसले कब्जियत र एसिडिटीको समस्याबाट छुटकारा दिलाउँछ । यसले पाइल्सको समस्याबाट मुक्ति दिन्छ ।
१०-पिसाब सम्बन्धि समस्या
मेथिदानाको सेवनले बढी पिसाब लाग्ने वा यूरिन इन्फेक्शन जस्ता समस्यालाई कम गर्न मद्दत गर्छ ।