Latest Updates :

नर्भिक अस्पतालले देब्रो खुट्टाको अपरेशनमा दाहिने खुट्टाको अपरेशन गरिएपछि…

SHARE THIS POST :

काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा देब्रो खुट्टा अपरेशन गर्नुपर्नेमा दाहिने खुट्टाको घुँडाको अपरेशन गरि ठूलो गल्ती गरेको छ ।



अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो । चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । उनी आफैं हिडेर अस्पताल गएकी थिइन् । तर, डा. नेपालले अपरशेन गर्नु पर्ने दोहोर्‍याए । ‘अहिले त हिँडेरै आएको छ । दुख्दा पनि दुखेको छैन भनेको पछि गाह्रो हुन्छ भने’ विन्दुका श्रीमान किशोर पौडेलले बताए।हिजो शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइ अपरेशन सुरु गरेका थिए ।

देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् । शनिबार चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger