Latest Updates :

कोरियाली भाषा परीक्षा जेठमाः ७ हजारभन्दा बढीको माग....

SHARE THIS POST :

काठमाडौं / रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयरी गरेको छ ।




नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।

गत बर्षको भाषा परीक्षा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागिएको हो ।

नेपाली युवा छनोटको लागि चैतको दोस्रो साता अनलाइनमार्फत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले बताए । भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने शाखाले जनाएको छ ।अाजकाे कारोबारमा खबर छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger