होली खेल्दा यस्ता कुराहरुको विशेष ध्यान दिनुहोस्....
होलि खेल्दा धेरै कुराहरुको विचार पुराउनु पर्दछ। यस्ता कुराहरुको विशेष ध्यान दिनुहोस्।
– होलीको रंगले असर गर्ने भएकाले होली खेल्नुअघि फेसियल गर्नु हुँदैन, किनभने फेसियल गरेपछि छाला मुलायम तथा नरम हुन्छ ।
– होलीको रंगको दाग हटाउन मटीतेल, पेट्रोल, नेल रिमुभरजस्ता पदार्थ प्रयोग गर्नु हुँदैन । यसका लागि बेसन, अदुवा तथा नौनी आदि प्रयोग गर्न सकिन्छ ।
– धेरै रंगमा मेट अक्साइड नामक रसायन प्रयोग गरिने भएकाले रंग केशमा लगाउनु हुँदैन । होली खेल्नुअघि केशमा नरिवलको तेल लगाउनुपर्छ ।
– रंग हटाउन साबुनभन्दा पनि क्लिन्जर प्रयोग गर्नुपर्छ ।
– तातोपानीले रंगलाई छालामा जमाउने तथा छाला सुख्खा हुने भएकाले रंग हटाउन चिसो तथा मन तातो पानी प्रयोग गर्नुपर्छ ।
– आँखामा कन्ट्याक्ट लेन्स राखिएको छ भने होली नखेल्नु नै बेस हुन्छ, किनभने लेन्सभित्र रंग तथा अबिर परे आँखामा इन्फेक्सन हुन सक्छ ।
– पानीमा बढी भिज्दा रुघा, खोकी तथा ज्वरो आउने भएकाले ध्यान पुर्याउनुपर्छ ।
– घरको छतमा बसेर अरूलाई लोला हान्दा लडेर दुर्घटना निम्तिन सक्ने भएकाले सचेत भएर होली खेल्ने मात्र होइन, त्यस्तो व्यवहार नै नगर्नु उपयुक्त हो ।
लेबल:
News