भुलेर पनि नगर्नुस यी ४ काम जसले तपाइको जीन्दगीलाई नर्क बनाउछ
एजेन्सी : धेरै मानिसहरुलाई केहि-केहि कुराहरुको बानि परेको हुन्छ र त्यहि बानि बिस्तारै-बिस्तारै त्यो कुराको लत बस्छ। मानिसलाई सामान्य लाग्ने केहि बानिले पनि तपाइको लागी नराम्रो संकेत हुनसक्छ र तपाइको साथ-साथ परिवारलाई पनि हानि पुर्याउन सक्छ। शुक्रनितीमा ४ यस्तै कामको बारेमा बताइएको छ जसबाट जो कोहि पनि टाढा नै रहनु पर्छ। यो काम गर्ने बीत्तिकै कुनै पनि व्यक्तिको नराम्रो समय सुरु हुनसक्छ।
श्लोक
अनृतात् पारदार्याच्च तथाभक्ष्यस्य भक्षणात्।
अगोत्रधर्माचरणात् क्षिप्रं नश्यति वै कुलम्।।
अर्थ- पर-स्त्री संगको सम्वन्ध, परम्परा बिरुद्ध काम गर्नु, मांसाहारी हुनु र झुट बोल्नु, यो कामले हामीलाई बिनाशतर्फ लैजान्छ।
१. पर-स्त्री संगको सम्वन्ध : जो मानिसले कुनै अन्य स्त्रीसंग सम्वन्ध बनाउछ उसलाई राक्षस प्रवृत्तिको मानिन्छ। यसले तपाइको राम्रो कर्मको फल तपाइलाई पाउन दिदैन र नराम्रो समयको कारण बन्छ।
२. परम्परा नमान्नु : जो मानिसले घरको नियम र परम्पराहरुको सम्मान गर्दैन त्यो व्यक्ति परिवार बिनाशको कारण बन्छ। त्यसैले घरको परम्परा-नियमहरुको पालना गर्नुपर्छ।
३. मांसाहारी हुनु: ग्रन्थअनुसार जिवहरुको हत्या गर्नु पाप हो। यस्तो गर्ने मानिसप्रति भगवान खुसि हुदैनन् र उसलाई पुजाको फल मिल्दैन।
४. झुट बोल्नु: झुट बोल्ने बानि एकदम सामान्य लाग्छ तर यो बानि तपाइको लागी पनि एकदम कष्टकर हुनसक्छ। झुट बोल्नाले तपाइलाई मात्र होइन तपाइको परिवारले पनि कष्ट भोग्नु पर्ने अवस्था आउनसक्छ।