Latest Updates :

यी हुन् इतिहासका खतरनाक श्रापित खेलौना, जसले छुन्छ त्यसको हुन सक्छ मृत्यु

SHARE THIS POST :

पिएनपिखबर : तपाइले कुनै खेलौनामा प्रेत आत्माको बास रहेको र त्यस खेलौनाले मानिसलाई सताएको धेरै हरर फिल्म त हेर्नु भएकै होला। आज हामी तपाईलाई यस्तै श्रापित खेलौनाको बारेमा जानकारी गराउदैछौ जसलाई अहिले काँचको बक्स भित्र बन्द गरि रखिएको छ। यदि तपाइले यसलाई भुलेर पनि छुनु भएमा यसले तपाइलाई जिउन मुस्किल पारदिनेछ। यो बाँस र कपडाले बनेको एक रोबर्ट हो।



यस खेलौना श्रापित खेलौना हो जसलाई धेरै समय अघि फ्लोरिडामा बस्ने एक परिवारको एक बच्चालाई कसैले गिफ्ट स्वरुप दिएका थिए। जसको नाम जीन हो। जीनले यस खेलौनाको नाम रोबर्ट राखे। घरका सदस्य पनि त्यस खेलौना देखि खुसि नै थिए। तर घरमा चाडै नै यस्तो हुन् थाल्यो जुन हुनु हुदैन थियो।

घरमा आयो कसैको प्रेत आत्मा
बच्चा आफै एक्लै बोल्न थाले। यति मात्र होइन आवाज पनि बदल्दै बदल्दै बोल्न थाले। यस्ता अवाज बारम्बार सुन्न थालेपछि आमा-बुबाले त्यस बच्चालाई कराउन थाले तर उक्त बच्चाले आफुले नगरेको रोबर्टले यस्तो गरेको भनि बताउथे। तर आमा बुबाले उसको कुरालाई मजाक सम्झी उडाइदिन्थे।

तर केहि समयपछि घरको सामानहरु यताउति चल्न थाल्यो। घरमा अजिव आवाजहरु सुन्न थाले। रिपोर्टका अनुसार जब जीन ठुलो भयो त्यसपछि उक्त रोबर्टसंग खेल्न छोडिदिए। त्यसलाई घरको स्टोर रुममा बन्द गरि राखे। जब जीनको बिबाह भयो त्यसपछि घरमा अजिब चिज हुन् थाल्यो। केहि समयपछि जीनको माता-पिताको मृत्यु भयो। मानिसहरु भन्ने गर्थे यो श्रापित खेलौनाका कारण जीनको आमा- बुबाको मृत्यु भएको हो।

जब उक्त घरमा रहेको खेलौना श्रापित रहेको थाहा पायो त्यहाँ रहने छिमेकीहरु उक्त घरको अगाडी उभिन नै छाडे। यति मात्र नभई घर पट्टि फर्केर हेर्न पनि छाडे। मानिसहरु यसकारण डराउथे। त्यो घरमा हेर्दा कतै त्यो श्रापित आत्मा आफुमा हाभी त हुने होइन। समय बित्दै गयो जीन र उनको पत्नीको पनि मृत्यु भयो।

रिपोर्टका अनुसार जीन र उनको पत्नीको मृत्यु पश्चात उक्त घर एक महिलालाई बेचिदिएको थियो। उक्त महिलालाई घरमा नराम्रो आवाज र बच्चा रुने कराउने गरेको आवाज सुन्न थाल्यो। त्यसपछि उनले घरमा पादरी बोलाएर खेलौनामा रहेको नेगेटिभ उर्जाको बारेमा जानकारी गराए। पादरीले उक्त खेलौनालाइ एक म्युजियममा पुर्याए। त्यसपछि उक्त खेलौनालाइ काँचको बक्स भित्र बन्द गरि राखे। भनिन्छ, यदि यसलाई खोलिदिएमा वा कसैले छोएमा त्यसको ज्यानको खतरा हुन सक्छ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger