३० वर्षको हुनुभन्दा पहिले नै छोरीले गर्नैपर्ने यी १० काम...
मानव जीवनको लागि सबैभन्दा महत्वपुर्ण कुरा आफुले आफुलाई साथ दिने र जीवनका आनन्द लिने हो । हरक मान्छेको जीवनमा केही इच्छा हुन्छ । जुन उ पुरा गर्न चाहान्छ ।
करियर, रिलेशनशिप, बिहे र परिवारको जिम्मेवारीको बोझमा परेपछि हामी जिन्दगी जीउनै भुल्छौ । हरेक चिजको आफ्नो छुट्टै समय हुन्छ । त्यसैले ३० वर्ष पुग्नुभन्दा पहिले नै तपाई यी साना साना देखिने कुराको अनुभव गर्नु आवश्यक छ ।
१. प्रेम गर्ने
जसरी एक शरिरलाई जिउनको लागि पानीको जरुरत हुन्छ त्यति नै जरुरी छ आत्मालाई माया गर्नु पनि । विना प्रेमको मानिस जीवनमा अधुरो रहन्छ । यसैले जरुरी छ की छोरी बिहेको पहिले सबै कुरासँग खुलेर प्रेम गर्न जुन कुरा मन पर्छ, जसलाई मन पराउनुहुन्छ त्यो नै जीवन हिस्सा हो ।
२. आफ्नो डरलाई काबुमा राख्ने
हाम्रो समाजमा प्राय यस्तो देखिन्छ की हरेक व्यक्ति सानो बेलादेखि नै कुनै न कुनै कुरामा डराएको हुन्छ । कोही पानीसँग, कोही उचाईसँग, कोही गहिराईसँग डराउछन् भने केही मानिसलाई भुत प्रेतको भ्रम हुन्छ । केटीहरु प्राय कंक्रोज, मुसा, छेपारोदेखि यस्तै यस्तै ससाना कुराहरु देखि डराएको पाइन्छ । डरलाई बसमा राखेर खुलेर जीउने कला सिक्नुस् । यसले तपाई भित्रको आत्मविश्वासको संचार गर्दछ र सफल जीवन जिउन मद्धत गर्दछ ।
३, कतै एक्लै रहने
मानसिको लागि केही पल एक्लै रहन आवश्यक हुन्छ । त्यसो त साथीको साथमा एक सुखद महशुस हुन्छ । तर कहिले काही एक्लै रहन पनि फाइदाजनक हुन्छ । यसबाट तपाईले स्वतन्त्रताको भरपुर प्रयोग गर्न सक्नुहुन्छ र आफ्नै नजिक जान सक्नुहुन्छ आफैलाई चिन्न सक्नुहुन्छ ।
४. केही साहासिक काम गर्ने
जीवनमा केही रोमांचक काम गर्न पनि जरुरी छ । तपाईले यस्तो कुनै काम गर्ने चुनौति दिदै त्यसलाई पुरा गर्नुस् त यसले तपाईलाई धेरै उर्जा दिन्छ । र कुनै समय तपाईको जीवन भरीको अनन्त पल भन्दा धेरै गुना आनन्द प्राप्त गर्न सक्नुहुन्छ ।
हरेक मान्छेको सपना हुन्छ की उसले आफ्नो देश भन्दा बाहिरको पनि वातावरण देख्न, त्यहाँको रहन सहन खानपानको आनन्द लिन, र संस्कृतिबाट केहि सिक्न । बिहेपछि खासगरी केटी मान्छेलाई श्रीमानको साथ घुम्ने मौका मिल्छ तर बिहे भन्दा पहिले नै साथीसँग वा एक्लै घुम्न जानुभयो भने जीवनको लागि यादगार क्षणको रुपमा रहन्छ ।
५. केही नयाँ सिक्ने
सिक्नु जीवनको त्यो भाग हो जसले तपाईलाई पहिले भन्दा राम्रो बनाउन सहयोग गर्दछ । जीवनमा केही न केही सधै सिक्न आवश्यक छ । यदी तपाईले ३० वर्षको उमेर भन्दा पहिले केही रोचक चिज सिक्नु भयो भने जीवनभर तपाईको व्यतित्वमा उर्जा थप्नेछ ।
६. आफुलाई फिट राख्ने
२० देखि २५ वर्षको उमेर मानिसको लागि धेरै महत्वपुर्ण हुन्छ । यस क्रममा आफैलाई फिट राख्नु आवश्यक हुन्छ । यस समयको लापरबाही पछि हानिकारक हुन सक्छ ।
७. आत्म सुरक्षा
आत्मनिर्भर हुन सबैको लागि आवश्यक छ । तपाई शारिरिक तौल र मानसिक रुपमा धेरै बलियो हुन आवश्यक छ । तपाई जुडो, कराते, योगा, प्राणायम जस्ता कुरामा अभ्यास गर्न सक्नुहुन्छ । यसबाट तपाईले आफुलाई सक्षम महशुस गर्न सक्नुहुन्छ ।
८. गुणस्तरीय समय बिताउने
समय चाडो बित्छ र एक पटक गएको समय फर्केर कहिल्यै आउदैन । यस कारण जरुरी छ की तपाई एक पटक भने पनि गुणस्तरीय जीवन बिताउनुस् । तपाई कामको प्राथामिकता निर्धारण गर्नुस् र राम्रो समय कुनै पनि तरिकाबाट चुक्न नदिनुस् ।
९. कुनै एक नयाँ भाषा सिक्ने
केही भाषाको ज्ञानले तपाईको व्यक्तित्वमा निखारता ल्याउन मदत गर्छ । धेरै भाष सिक्नु तपाईको लागि धेरै अर्थमा लाभदायिक ठहरिनेछ।
१०. माफ गर्न सिक्ने
मानिसबाट गल्ती हुन्छ । जानेर नजानेर मानिसबाट गल्ती भइरहेको हुन्छ । गल्तीले सम्बन्धलाई टाढा बनाउने काम गर्छ । राम्रो यो हुन्छ की तपाई गल्तीको माफ गरिदिनुस् । यदि तपाईले कसैलाई माफ गर्दा कुनै सम्बन्ध बचाउन सहयोग पुग्न सक्छ भने पछि तपाईलाई राम्रो महशुस अवश्य हन्छ ।
लेबल:
News