पत्नीसँगको झगडापछि फेसबुक र यूट्युबमा लाइभ गरेर छोरीको हत्या, हत्यापछि आफैले गरिन् आत्महत्या....
पत्नीसँगको झगडापछि एक व्यक्तिले पहिले छोरीको हत्या गरेर पछि आफ्नै आत्महत्या गरेका छन्। ती व्यक्तिले आफ्नी छोरीको हत्या गरेको भिडियो समेत फेसबुकबाट लाइभ प्रसारण गरेका थिए।
२१ वर्षीय थाइल्याण्डका ती युवकले एक होटेलमा पहिले ११ महिने छोरीलाई झुण्ड्याएर पछि आफैँ झुण्डिएर आत्महत्या गरेका थिए।
परिवारलाई समवेदना सन्देश पठाउँदै फेसबुकले उक्त लाइभ भिडियो हटाएको छ।
ती व्यक्तिका आफन्तले उक्त भिडियो फेसबुकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी त्यहाँ पुग्नु भन्दा पहिला नै उनीको ज्यान गइसकेको थियो। यूट्युबमा समेत पोस्ट भएको उक्त भिडियो उक्त कम्पनीले पनि हटाएको छ।
-बीबीसीबाट