Latest Updates :

एक युवतीलाई बलात्कार गरेर भाग्न खोज्दा डेभिडफल्सको पहरोमा अड्किएपछि.. (हेर्नुहोसभिडियो)

SHARE THIS POST :


पर्वत : पोखराको पातलेछाँगो (डेभिडफल्स) बाट नेपाल प्रहरीले एक जनाको सकुशल उद्धार गरेको छ । पर्वतको बिहादी १ का ३७ वर्षीय ईन्द्र केसीलाई वडा प्रहरी कार्यालय बैदाम र नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठको कमान्डमा खटिएको उद्धार टोलीले केसीको सकुशल उद्धार गरेको हो । पातलेछाँगो हेर्न जानेक्रममा एक पर्यटकले पहरोमा अड्किएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।


केसीले एक युवतीलाई बलात्कार गरेको आफन्तले थाहा पाएपछि भाग्ने क्रममा पातले छाँगोमा खसेको बताएका छन् । केसी पोखरामा मजदुरी काम गर्दछन् ।

उद्धारटोली कमान्डर प्रहरी हवल्दार श्याम श्रीवास्तवले आफूहरूलाई उद्धारमा जाँदा स्रोतसाधनको कमीको कारण डर मान्दै उद्धार गर्नुपर्ने बाध्यता रहेको बताउछन् ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger